फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य                
समाचार :

लुम्बिनीमा दान वापत ६४ लाख ७६ हजार संकलन

लुम्बिनी । मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ अन्तर्गत पहिलो पटक बुधबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोलिएको थियो । सोमबार पहिलो दिन २३ लाख ६६ हजार ४२२, मंगलबार दोस्रो दिन २१ लाख ४९ हजार ५३८ र तेस्रो बुधबार तेस्रो दिन १९ लाख ६१ हजार रुपैयाँ संकलन भएको कोषका कोषाध्यक्ष ढण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरीक खर्च व्यवस्थापन हुँदै आएको उनले बताए । दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरि गणनाको व्यवस्था मिलाईएको छ । पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटक बढ्न थालेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित