दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट पठायो

दाङ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुममा पठाएको छ ।

जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट पठाएको हो ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा लुम्बिनीवाट चिकित्सक र औषधिसहितको टोली जाजरकोट प्रस्थान गरिसकेकाे मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपालप्रसाद शर्माले बताए ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तत्काल स्वास्थ्यकर्मीको बढी आवश्यक परेको भन्दै सहयोगका लागि आग्रह गरे पछि सो टोली जाजरकोट पठाइएको हो । जसअनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधीसहितको टोली जाजरकोट र रुकुमका लागि प्रस्थान गरेका छन् ।

सो टोलीमा सरकारका प्रतिनिधि, उद्धारका लागि आवश्यक पर्ने सुरक्षाकर्मीसहितको विशेषज्ञ टोली पनि जाजरकोट गएका छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित