भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

विपन्न परिवारको सहारा बन्दै लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक स्वाथ्य ईकाई

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गर्दै आएको ‘सामाजिक स्वास्थ्य ईकाइ’ गरिव तथा विपन्न परिवारको साथ र भरोसा बनेको छ । आर्थिक रुपले विपन्न, वृद्ध–वृद्धा तथा सामाजिक रुपमा पिछडिएको वर्गलाई निःशुल्क तथा छुट दरमा स्वास्थ्य उपचार उपचलब्ध fगराउँदै आएको स्वास्थ्य ईकाइमार्फत अस्पतालले पछिल्लो आर्थिक वर्षमा मात्रै ३ करोड बढीको स्वास्थ्य उपचार तथा सेवा उपलब्ध गराउन सफल भएको छ ।

अस्पतालमा सामाजिक स्वास्थ्य ईकाई मार्फत एक वर्षको अवधिमा मात्रै ३ करोड १७ लाख ३६९ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको सामाजिक ईकाइ प्रमुख नेत्रप्रसाद आचार्यले जानकारी दिए । पछिल्लो आर्थिक वर्ष २०७९÷८० मा ७ हजार ६९७ जनाले सेवा लिएका छन् । त्यसअघिको वर्ष यो सङ्ख्या ६ हजार ९८० रहेको थियो । गत आर्थिक वर्षमा १८७६ जना गरिव, ५ हजार ३९९ जेष्ठ नागरिक, १२६ अपाङ्गता भएका व्यक्ति, १८९ जना ब्यसहारा, ६५ जना कुपोषित बालबालिका, ७ जना महिला स्वास्थ्य स्वयम्सेवी, ३४ जना थुनुवा तथा एक लैङ्गिक हिंसा पीडितले सेवा लिएको उनले जानकारी दिए ।

अस्पताल विकास समितिले आफ्नै खर्चमा विपन्न, गरिव तथा लक्षित वर्गहरुलाई सामाजिक ईकाइबाट सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष अजयमान श्रेष्ठ बताउँछन् । नेपाल सकारले सो कार्यक्रमका लागि गत वर्ष १ करोड मात्रै विनियोजन गरेको थियो भने यो वर्ष ९० लाख मात्रै विनियोजन गरेको छ । यस कार्यक्रम अन्तरगत सेवाग्राहीको सङ्ख्या बढ्दै जाने तर सरकारले उपलब्ध गराउने अनुदान रकम घट्दै जाँदा अस्पताल विकास समितिको सीमित श्रोत र साधनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिएको उनले गुनासो गरे । अस्पतालमा यो कार्यक्रम अन्तरगत सामान्य उपचार खर्चमा मात्रै होइन विभिन्न जटिल प्रकारकार शल्यक्रियता तथा औषधी खर्च उपलब्ध गराउने गरेको श्रेष्ठ बताउँछन् ।

गत आर्थिक वर्ष ३ हजार ५५९ महिला तथा ४१३८ पुरुषलाई स्वास्थ्य सेवा उपलब्ध गराएको सामाजिक ईकाइले जाँच पडताल तथा शल्यक्रियाका लागि १ करोड ३८ लाख ४९ हजार ७२३ रुपैयाँ खर्च गरेको छ भने औषधी खर्च बापत १ करोड २६ लाख १०१ रुपैयाँ खर्च गरेको तथ्याङ्क छ । यस बाहेक दमजन्य बिरामीका लागि लुम्बिनी प्रदेश सकारले उपलब्ध गराउँदै आएको ५० हजार अनुदान कार्यक्रमबाट ३ लाख ७ हजार ७०८ रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराएको छ । उक्त कार्यक्रममा समेत अस्पताल विकास समितिले खर्च व्यवस्थापन गर्नुपरेको छ । यसैगरी सिकलशेल यनिमियाका बिरामीहरुका लागि १ लाख ५७ हजार ३६९ रुपैयाँ बराबरको औषधी उपचार खर्च उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । हाल अस्पतालमा ६८ जना सिकलसेलका बिरामीहरुले नियमित चेकजाँच तथा उपचार सेवा लिइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

अस्पतालले विपन्नहरुको उपचार मात्र होइन व्यसहाराहरुको व्यवस्थापनका लागि समेत काम गर्दै आएको छ । बुटवलको मानव सेवा आश्रमसँग सहकार्य गरी बेवारिसे अवस्थामा रहेका नागरिकलाई औषधि उपचारपछि आश्रममा बासको लागि व्यवस्था मिलाउने गरिएको छ । अस्पतालले पछिल्लो आर्थिक वर्षमा मात्रै २२ जना व्यसहारा नागरिकहरुलाई उपचारपछि आश्रमको जिम्मा लगाएको थियो । उपचार सेवालाई सहज बनाउनका लागि गरिव तथा विपन्न परिवारलाई उपचार मात्र होइन बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको सामाजिक ईकाका प्रमुख आचार्यले बताए । विपन्न परिवारका विरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरुलाई कुरेर बस्ने आफन्तहरुलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको आचार्यले बताए । अस्पतालले आर्थिक वर्ष २०७९÷८० मा मात्रै उपचारमा आउने विपन्न परिवारका विरामी कुरुवालाई खाना तथा खाजा बापत १ लाख ७५ हजार ३५० रुपैयाँ खर्च गरेको थियो ।

अस्पतालमा ६० देखि ८० वर्षसम्मका जेष्ठ नागरिकर्लाई ५० प्रतिशत सम्म सहुलियत रहेको छ भने ८० वर्ष माथिका जेष्ठ नागरिकलाइ पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ । ईकाई मार्फत सेवा प्राप्त गर्नका लागि सम्बन्धित पालिकाको सिफारिस, लक्षित समुहको परिचय पत्र, नागरिकता लगाएतको आवश्यक कागजपत्रहरु पेश गर्नुपर्ने नियम रहेको छ ।

अस्पतालले लक्षित समुहलाई तीन प्रकारको सेवा प्रवाह गर्दै आएको छ । जसमा ओपिडी सेवामा २ हजार ५ सयसम्मको जाँच उपचार सेवा निःशुल्क, आकस्मिक वा इर्मजेन्सि सेवातर्फ ५ हजार सम्मको सेवा उपचार निःशुल्क गर्दै आएको छ भने अपे्रशन तथा भर्ना भएका बिरामीहरुलाई १० हजारसम्म निःशुल्क सेवा प्रदान गर्ने गरेको छ । सेवा ईकाईले २४ घन्टा नै सेवा दिदै आएको छ । सरकारले लक्षित समुहलाई छिटो छरितो र निशुल्क सेवा दिने उद्देश्यका साथ लुम्बिनी प्रादेशिक अस्पताल बुटबल सहित देशभरका ८८  वटा अस्पतालमा ईकाई संचालन गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित