रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

मेडिकल कलेजका आवासीय चिकित्सकले विद्यार्थी आन्दोलनमा साथ दिएपछि अध्ययन र उपचार सेवा बन्द

रुपन्देही । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एन्ड टिचिङ हस्पिटलमा विद्यार्थीको आन्दोलनलाई आवासीय चिकित्सकले साथ दिएपछि पठनपाठन र उपचार सेवा पूर्ण रूपमा बन्द भएको छ ।

कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर हस्तक्षेप गर्दा ‘असुरक्षित र मानसिक रूपमा विक्षिप्त’ भएको दाबी गर्दै आवासीय चिकित्सकहरूले अस्पतालमा कुनै पनि उपचार सेवामा सहभागी नहुने जनाएका छन् ।

एमबीबीएस र बीडीएस अन्ययनरत तथा इन्टर्न डाक्टरहरू समेत करिब ६ सय विद्यार्थीको आन्दोलनमा आवासीय चिकित्सकले समेत समर्थन जनाएका हुन् ।

आइतबार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भइरहेको समयमा माग सम्बोधन नगरी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई भगाएर लगिएको र विद्यार्थीमाथि बल प्रयोग गरी केही विद्यार्थीलाई घाइते बनाएको विद्यार्थीको आरोप छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा चार घण्टा बढी समय भएको वार्ता विना निष्कर्ष टुंगिएपछि विद्यार्थीहरूले आन्दोलन थप चर्काउने र रिले अनसन बस्ने बताएका छन् ।

आवासीय चिकित्सकहरूले विद्यार्थीको आन्दोलनमा समर्थन जनाउँदै बिरामीको उपचार नगर्ने घोषणा गरेका हुन् । विद्यार्थीहरूले माग पूरा गर्न दबाबस्वरुप रिले अनसन बस्ने बताएका छन् । विद्यार्थी र चिकित्सकको आन्दोलनले बिरामीहरू उपचार सेवाबाट वञ्चित भएका छन् ।

प्रिन्सिपलमा नियुक्त भएर आएपछि डा। पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए ।

पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ ।

चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्र छात्राहरूलाई मात्र १ वर्षको लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । शुरूमा सामान्यजस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले पाठकको नै राजीनामा माग्न थालेका थिए ।

उनीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत् राख्नुपर्ने माग राखिरहेका छन् ।

आइतबार कलेज परिसरमा धर्नामा रहेका विद्यार्थीलाई धरपकड गरी भित्र रहेकी प्रिन्सिपल पाठकलाई बाहिर निकालिएपछि उनीहरू थप आक्रोशित भएका छन् । कलेजमा ७ सय विद्यार्थी आन्दोलनमा छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित