भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

तेजश्वी सहकारीको साधारण सभा सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको तेजश्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा भएको साधारण सभाले उत्कृष्ट ऋणि, असल बचकर्ता,पुर्व कर्मचारी, कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका सन्ततीलाई सम्मान गर्दैै सम्पन्न भएको हो ।

साधारण सभामा बोल्दै बुटवल उपमहानरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठले सामाजिक क्षेत्रमा पनि सहकारीले उदाहरणीय काम गर्नुपर्ने बताएका थिए । उनले सहकारीमार्फत उद्यमशिलता, कृषि तर्फ समेत जोडीन आग्रह गर्दै यसको लागि सबै सदसस्यले एक मन ले लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा सहकारीका सल्लाहकार महेन्द्र नारायण श्रेष्ठ, लोकनाथ भुषाल, किरोश ज्ञवालीले बोल्दै अहिलेको विषम परिस्थतिमा पनि तेजश्वी सहकारीले खराब ऋण लाई शुन्यमा झार्न सफल हुनु आफैमा गौरवको विषय भएको बताएका थिए ।

कार्यक्रममा संस्थाले गरेको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दुर्गा प्रसाद पौडेलले हाल सहकारीमा ६ सय ७८ जना सदस्यहरु रहेको भन्दै यो आर्थिक बर्षमा मात्रै कुल ३ सय २१ सदस्य थप्न सफल भएको बताएका थिए । उनले कुल शेयर पुँजी २ करोड १७ लाख ४ हजार ८ सय रहेको जानकारी दिदै बचत निक्षेप तर्फ कुल ५ करोड ७९ लाख २ हजार ३ सय ९५ रहेको बताएका थिए । यस्तै ऋण लगानी ६ करोड ६५ लाख ७ सय ८० रुपैयाँ रहेको जानकारी दिदै ऋण असुली ३ करोड ३६ लाख ३७ हजार १९ रुपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गरको थिए ।

स–सानो पुँजीबाट स्थापना भएको सहकारीले छाटो समयमा नै शेयर सदस्यहरुको मन जित्न सफल भएको बताउँदै उनले अझै शेयर सदस्यहरुको संख्या थप गर्दै जाने बताएका थिए । कोभिड १९को कारण सृजना भएको आर्थिक मन्दी र केही सहकारीले गरेको गलत कार्यको कारण सहकारी सञ्चालनमा थप चुनौतिपूर्ण बन्दै गएको अवस्थामा तेजश्वमा भने त्यो समस्या नरहेको अध्यक्ष पौडेलको भनाई रहेको थियो ।

कार्यक्रममा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समिति संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका नव निर्वाचित कार्यसमिति सदस्य कृष्ण प्रसाद पाण्डेले शेयरसदस्यहरुको निक्षेपमा ९० प्रतिशत भन्दा माथि ऋण प्रवाह गर्दा मालेपत कार्यलय बाट घर जग्गा दृष्टिबन्धक राखी ऋण प्रवाह गरेको जानकारी गराएका थिए । उनले सहकारीको खराब कर्जा अहिले न्युन रहेको जानकारी दिदै यसलाई पूर्ण रुपले आगामी दिनमा पनि कार्यान्वय गरेर लैजाने गरी लेखा समिति लागीरहेको बताएका थिए ।

सहकारीको बुटवल उपमहानरपालिका बाट अनुगमन गरि विभिन्न नियम उप नियमबारेमा जनाकारी गराएको सम्बन्धमा सम्पूर्ण विधि, नियम पूर्ण रुपमा पालन गर्दै सहकागी अगाडी बढेको लेखा समिति संयोजक पाण्डेका भनाई रहेको थियो । साधारण सभामा जेष्ठ शेयर सदस्य नन्दराम भण्डारी, पुष्पा खनाललाई सम्मान गरिएको थियो । यस्तै पुर्व सहायक व्यवस्थापक टिका पराजुली, विद्यार्थी समिक्षा ज्ञवाली, सौगात पोखरेल सहित असल कारोबारी शारदा उपाध्याय र विष्णु पाण्डेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सचिवको प्रतिवेदन सचिव हेम बहादुर क्षेत्री र कोषाध्यक्षको आर्थिक प्रतिवेदन निर्दोष पन्थीले प्रस्तुत गरेका थिए । बन्दसत्रमा सबै प्रतिवेदन पास भएको जानाइएको छ ।

 

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित