हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

आत्मबोध माविको जग्गामा भूमाफियाको रजाईं, अख्तियारमा प¥र्यो उजुरी

बुटवल । कपिलवस्तुको बाणगंगा नगरपालिका– ७ मोतीपुर क्षेत्रमा रहेको कित्ता नं ५०२ उल्लेखित गुल्मीको एक विद्यालयको नाममा रहेको जग्गामा भू माफियाहरूले रजाइं गरेको खुलेको छ ।

श्रीआत्मबोध मावि मानकोट गुल्मीको नाममा उल्लेखित जग्गाबाट स्थानीय जग्गा व्यापारीहरूले व्यापार गर्न मनपरी बाटो निकालेर प्लटिङ गरी घडेरी बिक्री योजना समेत बनाएको समाचार छ ।

यसरी विद्यालयको जग्गामा मनपरी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा उजुरीसमेत परेको छ ।

उक्त जग्गा डेढ बिगाह बढी छ । सो जग्गाको पछाडि विभिन्न किसानहरूसँग स्थानीय जग्गा व्यापारी सिद्ध अधिकारी लगायतका व्यक्तिले जग्गा खरिद गरी विद्यालयसंग सहकार्य नै नगरी मनपरी बाटो खोलेर प्लटिङ गरेपछि उक्त विषय अख्तियारमा पुगेको हो ।

उक्त विद्यालयको नाममा २०३६ सालदेखि ४ बिगाह जग्गा रहेको छ । सो जग्गा सुरुमा स्थानीयले जोतभोग गर्ने तथा विद्यालयलाई भाडाबापत केही रकम दिने गरेको विद्यालयको रेकर्डमा छ । पछिल्लो समय विद्यालयले जग्गाको प्रयोगमा ध्यान नदिंदा अहिले प्लटिङ गर्ने र किनबेचसमेत हुन स्थिति आएको हो ।

उक्त उजुरीमा सिद्ध अधिकारीले विद्यालयको जग्गा विष्णु गिरीको मिलेमतोमा दुरुपयोग गरेको आरोप लगाइएको छ । उता, आरोपित अधिकारीले आफूले दुई वर्ष अगाडि धर्मराज खनालसंग ११ कठ्ठा जग्गा खरिद गरी अहिले बाटो बनाउने काम गरेको बताए ।

उनले आफूले विद्यालयको जग्गा नमिची उनीहरूले बनाएको सडकसंग जोड्ने काम मात्र गरेको बताए । विद्यालयको जग्गामा खानेपानी टंकी पनि निर्माण हुंदैछ । यस्तै केही ठाउंमा सडक खोलिंदै छ । तर यसबाट विद्यालय परिवार बेखवर जस्तै रहेको छ ।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद ज्ञवालीले यस बारे केही थाहा नभएको बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित