लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम

  • २० जनाको कोटा रहेको उक्त तालीम अध्ययन पूर्ण रुपमा निःशुल्क
  • बुटवल । विल्डिङ कन्ट्रक्सनसँग जोडिएको प्राविधिक विषय रुपन्देहीको तिलोत्तमा १३ तुनधुरास्थित जनता माध्यामिक विद्यालयले भित्राएको छ ।

    सिटिइभिटीबाट मान्यताप्राप्त दुई वर्ष निःशुल्क औद्योगिक प्रशिक्षण तालीम विषयको कोर्ष डिप्लोमा तह बराबर मान्यता प्राप्त हो । २० जनाको कोटा रहेको उक्त तालीम अध्ययन पूर्ण रुपमा निःशुल्क हो ।

    अध्ययन सुरु भएपछि विद्यार्थीले हरेक दिन १०० रुपैयाँ पाउनेछन । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्राविधिक शिक्षालाई जनस्तरमा पु¥याउन नयाँ कोर्ष ल्याइएको बताएको छ । विद्यालयका प्रधानाध्यापक प्रचण्ड जीसीले कक्षा ११ र १२ लेबलको यो कार्यक्रम एक्स्पर्ट मेनपावर उत्पादन हुनुका साथै शतप्रतिशत रोजगार हुने बताए ।

    ‘यो विषय लुम्बिनी प्रदेश सरकारको स्वीकृत बजेट अनुसारको पूर्णतया निःशुल्क कार्यक्रम हो’ जिसी भन्छन, ‘यो विषय पढने विद्यार्थीले विद्यालय र उद्योग दुवैमा सीप सिक्नुका साथै पढदै आय आर्जन गर्न सकिन्छ ।

    कोष पूरा गरेपछि प्रि डिप्लोमा को प्रमाणपत्र पाइन्छ ।’ यो विषय लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका १५ विद्यालयले मात्र पठनपाठनको अनुमाति पाएका छन् । एसएलसी वा एसईईमा जुनसुकै प्रतिशत र ग्रेडबाट उत्तीर्ण भएका विद्यार्थीले पनि पढन पाउनेछन भने, १६ देखि ४० वर्ष उमेर समूहका विद्यार्थीले पढन पाउनेछन ।

    विद्यालयमा साढे तीन महिना र उद्योगमा साढे १९ महिना काम र पढाई यो विषयमा पर्छन । उद्योगमा काम गर्दा पनि विद्यार्थीलाई मासिक न्यूनतम ४ हजार ५०० रुपैयाँ दिनुपर्छ । त्यसमाथि २५ वर्षभन्दा कम उमेरका विशेष प्राथामिकता रहेको छ ।

    तिलोत्तमा १३ का वडा अध्यक्ष नारायण ढकालले अबको शिक्षा प्राविधिक हुनुपर्ने बताउँदै औद्योगिक तालीम कार्यक्रमको रुपन्देहीका विद्यार्थीहरुले भरपुर उपयोग गर्नुपर्ने बताए । विद्यालयले २०७५ देखि प्राविधिक विषय भित्राउन सुरु गरेको थियो ।

    सिभिल इन्जिनियरिङ, डिप्लोमा सिभिल इन्जिनियरिङको पनि पढाई हुँदै आएको छ । २०३८ सालमा स्थापना भएको विद्यालय २०५७ मा निमावि हुँदै २०६४ मा मावि भएको थियो ।

    २०६७ मा महायज्ञ गरेर विद्यालयमा प्राविधिक विषयको पढाई सुरु गर्ने योजना बनेको थियो । २०७५ मा सिभिल इन्जिनियरिङतर्फ १८ महिने प्रि डिप्लोमा सिभिल इन्जिनियरिङको अनुमति लिएर २६ जना विद्यार्थी पढाउन थालेको हो । पछिल्लो समय विद्यालय सामुदायिक विद्यालयतर्फ लुम्बिनी प्रदेशमा अब्बल छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित