हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’

  • अस्पताललाई जग्गा प्राप्तीका लागि पहल गर्ने मन्त्री पाण्डेयको आश्वासन
  • बुटवल । व्यक्ति स्वयम सचेत भएमा मात्र मुटु रोगबाट बच्न सकिने एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन् ।

    बुटवल–१० रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विश्व मुटु दिवस–२०२३ को अवसरमा बिहीबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रम बोल्नेहरुले खानपिन र शारीरिक व्याममा ध्यान दिन सकेमा पनि मुटु रोग लाग्नबाट बच्न सकिने बताएका थिए ।

    कार्यक्रममा अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतमले पछिल्लो समय मुटुरोगको अबस्था, मुटुरोगीले ध्यान दिनुपर्ने कुरा र यसबाट जोगिन सर्वसाधारणले अपनाउनुपर्ने सावधानीबारे चर्चा गरेका गरेका थिए ।

    सबै उमेर समूहका व्यक्तीहरुमा मुटुरोग देखिने भएकाले स्वयमं व्यक्ती आफै सचेतहुनुपर्नेमा जोड दिँदै उनले महिलामा भन्दा पुरुषमा मुटुरोगको समस्या धेरै देखिने गरेको बताए ।

    उच्च रक्तचाप र मधुमेहको नियन्त्रण, शारीरिक अभ्यास, तनाव गर्ने, मोटोपन, धूमपान, मद्यपान नियन्त्रण गरी मुटु रोगबाट हुने अकाल मृत्युबाट बच्न सकिने डा.गौतमले बताए ।

    नेपालमा पनि युवा अवस्थामै मुटु रोग देखा पर्नेक्रम बढेकाले यसबाट हुने हृदयघात, पक्षघात तथा मिर्गौला खराब हुनबाट जोगिनका लागि दैनिक ३० मिनेटदेखि १ घण्टासम्म हिँडडुल गर्ने, हरियो सागपात, फलफुल खाने, धुवाँधुलोबाट जोगिन र धूमपान, मद्यपान प्रयोग नगर्न उनले आग्रह गरे ।

    ‘हाम्रो समाजलाई धूमपानमुक्त बनाउने हो भने ८० प्रतिशत रोग निको हुन्छन् ।’, डा. गौतमले भने ।

    अस्पतालका निर्देशक डा. गौतमले हृदयघातका बारेमा व्यापक जनचेतना जगाउन आवश्यक रेहको बताए । हृदयघातको लक्षण देखिएपनि धेरैजसो बिरामीहरुले यसलाई सामान्य रुपमा लिएर अन्य उपचारमा लाग्दा अकालमा ज्यान गुमाउनु पर्ने उनले बताए ।

    ‘हृदयघातको प्रमुख लक्षण छाति दुख्नु हो, यस्तो अवस्थामा छिटोभन्दा छिटो नजिकैको अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनुपर्छ । यसो गर्दा हृदयघातबाट हुने मृत्यु कम गर्न सकिन्छ ।’, डा.गौतमले भने ।

    सामान्य लक्षण देखिने बित्तिकै बिरामी अस्पतालमा आउने हो भने मुटुको धड्कन शुन्यमै झरेपनि बचाउन सकिने उनले बताए ।


    कार्यक्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले २०७० सालमा स्थापना भएको अस्पतालले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको बताए । अस्पतालमा ६ जना मुटुरोग विशेषज्ञ डाक्टरले सेवा दिइरहेको बताउँदै उनले काठमाडौं बाहिर यतिधेरै संख्यामा मुटुरोग विशेषज्ञ डाक्टर भएको पहिलो अस्पताल रहेको दावि गरे ।

    आगामी दिनमा अस्पतालको सेवालाई थप बिस्तार गर्दै गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाए । अस्पतालको हालको भवनबाट सेवा प्रवाहमा समस्या भएको बताउँदै अध्यक्ष आलमले नयाँ भवन निर्माणका लागि तिलोत्तमामा जग्गा प्राप्तीका लागि आग्रह गरेपनि हालसम्म जग्गा प्राप्त गर्न नसकेको बताए ।

    सामुदायिक अस्पताल भएकाले नाफा कमाउने भन्दापनि बिरामीलाई सहज र गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेको उनले बताए । प्रदेशमा सबैभन्दा धेरै मृगौलाका बिरामीहरुले मुटु अस्पतालमै डायलाइसिस गर्ने गरेको बताउँदै ४७० जनाले डायलाइसिस गराइरहेको अध्यक्ष आलमले जानकारी दिए ।

    अस्पतालको विकासका लागि सबैको साथ र सहयोग आबश्यक पर्ने बताउँदै अध्यक्ष आलमले प्रदेश सरकारले उपलब्ध गराउने अनुदान एक पटक पाएपनि त्यसपछि पाउन नसकेको गुनासो गरे ।

    त्यस्तै, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले राष्टङ निर्माणका लागि सबै दल र नागरिक एक भएर अघि बढ्नुपर्ने बताए । देशमा राजनीतिक अस्थीरता हुँदा विकास निमार्णका काममा समस्या देखिएको उनको भनाई थियो ।

    प्रदेश सरकारले अस्पताललाई दिने अनुदान रकम तत्काल उपलबध गराउन आफुले पहल गर्ने गृहमन्त्री पाण्डेयले बताए ।

    साथै उनले तिलोत्तमामा अस्पतालको नयाँ भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन पनि पहल गर्ने प्रतिबद्धता जनाए । गृहमन्त्री पाण्डेयले मुटु अस्पताललाई थप व्यवस्थीत गरि सञ्चालन गर्नका लागि प्रदेश सरकारले आबश्यक सहयोग गर्ने बताए ।

    त्यसैगरी, लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले मुटु असपताललाई प्रदेशको गौरवको आयोजनाका रुपमा अघि बढाउनुपर्ने बताए । देशका अनाबश्यक कानुनले गर्दा सुरु भएका आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको उनले बताए ।

    बुटवल–नारायणगढ सडकको उदाहरण दिँदै उनले कानुन परिमार्जन गरेर भएपनि ठूला आयोजनाहरु समयमै सम्पन्न गर्र्नुपर्ने पूर्व स्वास्थ्यमन्त्री पन्थीले बताए । मुटु अस्पतालको नयाँ भवन निर्माणका लागि जग्गा प्राप्त गर्न लामो समयदेखि प्रयास गरिरहेको उनले बताए ।

    लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारले अस्पतालको सेवा सुधारमा ध्यान दिनुपर्ने बताए । मुटु रोग र मृगौला डायलाइसिसका बिरामीहरुको अपचारका लागि मुटु अस्पतालसँग सहकार्य गरी अघि बढ्न चाहेको उनले बताए ।

    रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले तत्कालिन समयमा रुपन्देही उद्योग संघको परिकल्पना अनुसार सुरु भएको अस्पतालको सेवा अहिले बिस्तार भएको बताए ।

    कार्यक्रममा मुटु अस्पतालमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतम, डा. राजेशकुमार पन्जीयार, डा.अभिषेक शाक्य, डा.मजार खान, डा.सचिन ढुंगेल र डा.विशाल केसीलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा मुटु अस्पतालमा उपचार गराएर निको भइसकेका बिरामीहरुले अस्पतालको सेवा र आ–फ्नो स्वास्थ्यबारे आआफ्नो भनाई राखेका थिए ।

    कार्यक्रमको सञ्चालन अस्पतालका महासचिव बाबुराम बोहोराले गरेका थिए ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित