बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

बुटवलको रानीगञ्जमा प्रथम रानीगन्ज सांस्कृतिक तथा व्यापार महोत्सव हुने

बुटवलको रानीगञ्जमा प्रथम रानीगन्ज सांस्कृतिक तथा व्यापार महोत्सव २०८० हुने भएको छ । शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा असोज १२ गतेदेखि २३ गतेसम्म १६ दिन महोत्सव गर्न लागेको बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७को संरक्षकत्वमा महोत्सव गर्न लागेको क्लबका मेला व्यवस्थापक भीम खत्रीले जानकारी दिए ।

रानिगन्ज जाऔँ राष्ट्रिय कलाकार सँगै रमाऔँ भन्ने नाराका साथ सञ्चालन हुन महोत्सवमा १ सय स्टल रहने क्लब राम दर्जीले जानकारी दिए। कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले गर्ने छन् ।

अध्यक्ष राम दर्जीले थोरै खर्चमा महोत्सव व्यवस्थापन हुने बताए। उनले महोत्सव सञ्चालन गर्न ४० लाख खर्च हुने बताए । महोत्सवमा खाद्यान्न एव फेन्सी सामग्रीका स्टलहरू रहने छन् भने स्टल शुल्क ८ देखि १२ हजार तोकिएको छ ।

महोत्सवमा प्रवेशका लागि १ सय रुपैयाँ तोकिएको छ भने विद्यार्थीलाई ७० रुपैयाँ तथा अपाङ्ग असहाय तथा ज्येष्ठ नागरिक लाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको क्लबका सचिव अनिल सुनारले जानकारी दिए । महोत्सवमा ५० लाखको कारोबार र ३० हजार भन्दा बढिले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित