भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवा विस्तारसँगै बालबालिका तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा आईतबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले काउन्टरको शुभारम्भ गरे ।

 

विस्तारित स्वास्थ्य सेवामा न्यूरो एच.डी.यु (नयाँ भवनमा), एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरिएको छ ।

अस्पतालले यसअघिनै ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरि सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मन्त्री खनालले प्रदेशको गहँनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्रथमिकतामा राखेको बताए । उनले जनताको विश्वास जितेर विशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिए ।

अस्पताललाई तत्काल नभई नहुने जनशक्ति, उपकरण, भौतिक पूर्वाधारको बारे लिखित जानकारी गराउन निर्देशन दिँदै मन्त्री खनालले कम्तिमा मासिक रूपमा समस्याका बारेमा छलफल गरि समाधान गर्ने प्रयत्न गर्नुपर्नेमा पनि जोड दिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले विवाद नआउने गरि पारदर्शी तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारी बनाउन निर्देशन दिए । अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सीमित जनशक्तिले धेरै काम गर्नु पर्ने भएको गुनासो गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सरकारको अस्पताल सञ्चालन सम्बन्धी कार्यविधिमाथि टिप्पणी गर्दै श्रेष्ठले ५ सय सैय्याको अस्पतालका लागि १६ सय जनशक्ति आवश्यक पर्नेमा ७ सय सैय्याको लुम्बिनी प्रादेशिक अस्पतालमा ७ सय जनशक्तिले काम चलाउनु परेको गुनासो गरे ।

यसैगरी २ सय सैय्या क्षमताको अस्पताललाई प्रदेश सरकारले नियमन गर्ने भनिए पनि पाँचसय सैय्याको क्षमताभन्दा माथिका अस्पताललाई प्रदेश सरकारले हेर्नू परेको भन्दै त्यसको व्यवस्थापन बारे छलफल चलाउन आवश्यक रहेको बताए ।

 

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुर्दशन थापा क्षेत्रीले सेवा बिस्तारसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्न आउने बिरामीको लागि सहज भएको बताए । उनले अब केही समयमै क्याथ ल्याव संञ्चालनको तयारी भैरहेको बताए ।

डा. थापाले अस्पतालमा पिआईसीयु प्रसूति सेवा, बर्थिड सेन्टर, निसन्तान किल्निक सेवा सुरु भएपछि आएका बिरामीलाई वाहिर रिफर गर्नु पर्ने समस्या अन्त्य भएको बताए ।

बुटबल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले अस्पतालको बिकास र सेवाको लागि सबैको ध्यान जान जरुरी रहेको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्पतालको सेवा बिस्तारसँगै अस्पतालमा आउने बिरामीलाई राहत हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित