बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

बुटवलको लुम्बिनी वाणिज्य पुनः उत्कृष्ट सामुदायिक क्याम्पस घोषित

रुपन्देही जिल्लाको बुटवलमा रहेको लुम्बिनी वाणिज्य क्याम्पस देशभरका सामुदायिक क्याम्पसहरु मध्ये पुनः उत्कृष्ट क्याम्पस घोषित भएको छ ।

सामुदायिक क्याम्पसहरु मध्ये २०७५ सालमा नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सम्मानित लुम्बिनी वाणिज्य क्याम्पस राष्ट्रिय शिक्षा दिवस–२०८० को अवसरमा पुनः उत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा सम्मानित भएको हो ।

नेपाल सरकारको नीतिलाई आत्मसात गर्दै उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा प्रमाणपत्र तथा दुई लाख पचास हजार रुपैयासहित प्रज्ञा भवन काठमाडौंमा आयोजित एक समारोहका बिच माननीय कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रदान गरे ।


सम्मान ग्रहण गरेपछि प्रतिक्रिया दिदै क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले राष्ट्रकै अग्रणी शैक्षिक संस्थाको रुपमा रहेकोे क्याम्पसले यस प्रकारको पुरस्कार पटकपटक प्राप्त गर्नुमा विद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी र सरोकारवाला सबैको योगदान रहेको बताए ।

पुरस्कार ग्रहणका लागि क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी र स्ववियुको प्रज्ञा भवनमा उल्लेखनिय उपस्थिति रहेको थियो ।

व्यवस्थापन विषयमा विशिष्टिकृत लुम्बिनी वाणिज्य क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट क्यू.ए.ए.को तेस्रो चक्रमा प्रवेश गरेको छ भने प्रदेश सरकार लुम्बिनी प्रदेशको तर्फबाट २०७६ सालमा प्रदेश प्रज्ञा पदक द्घितीयबाट समेत विभुषित भइसकेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित