लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

साढे २ करोडको लगानीमा ‘नेपाली लुगा घर’ बुटवलमा सञ्चालन हुँदै

बुटवल । बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आउने भएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगामी असोज ३ गते देखि नेपाली लुगा घर सञ्चालनमा आउने भएको हो ।

नेपाली लुगा घरले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गर्न लागेको बताएको छ ।

नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले उद्योग देखि सोझै ग्राहकको शरिर सम्म कपडा पुराउने नेपाली लुगा घरको मुख्य उद्देश्य रहेको बताए ।

नेपाली लुगा घरको असोज ३ गते देखि ६ गते सम्म उद्घाटन कार्यक्रमका साथ फुड फेस्टिवल र गजल साझ समेत हुने उनले बताए ।

नेपाली लुगा घरमा देशका ६ वटा ब्राण्डका लेडिज, जेन्स र बच्चाका सवै प्रकारका कपडा उपलब्ध हुने उनको भनाई छ ।

साढे २ करोडको लगानीमा सञ्चालनमा आउन लागेको नेपाली लुगा घरले उद्घाटनको अवसरमा १ रुपैयामा १ हजार जनालाई सेण्डो प्रदान गर्ने योजना पनि बनाएको छ ।

असोज ३ गते देखि ६ गते सम्म लुगा घर उद्घाटनकै अवसरमा गजल सांझ समेत हुनेछ । गजल सांझमा बुद्ध राना, प्रकाश बस्नेत ९गफाडी० सुदेस सत्याल, कविराज पौडेल, विष्णु पोखरेल, लिलाधर पाण्डे र खेमप्रसाद गुरुङको प्रस्तुती रहेनछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित