हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

साढे २ करोडको लगानीमा ‘नेपाली लुगा घर’ बुटवलमा सञ्चालन हुँदै

बुटवल । बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आउने भएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगामी असोज ३ गते देखि नेपाली लुगा घर सञ्चालनमा आउने भएको हो ।

नेपाली लुगा घरले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गर्न लागेको बताएको छ ।

नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले उद्योग देखि सोझै ग्राहकको शरिर सम्म कपडा पुराउने नेपाली लुगा घरको मुख्य उद्देश्य रहेको बताए ।

नेपाली लुगा घरको असोज ३ गते देखि ६ गते सम्म उद्घाटन कार्यक्रमका साथ फुड फेस्टिवल र गजल साझ समेत हुने उनले बताए ।

नेपाली लुगा घरमा देशका ६ वटा ब्राण्डका लेडिज, जेन्स र बच्चाका सवै प्रकारका कपडा उपलब्ध हुने उनको भनाई छ ।

साढे २ करोडको लगानीमा सञ्चालनमा आउन लागेको नेपाली लुगा घरले उद्घाटनको अवसरमा १ रुपैयामा १ हजार जनालाई सेण्डो प्रदान गर्ने योजना पनि बनाएको छ ।

असोज ३ गते देखि ६ गते सम्म लुगा घर उद्घाटनकै अवसरमा गजल सांझ समेत हुनेछ । गजल सांझमा बुद्ध राना, प्रकाश बस्नेत ९गफाडी० सुदेस सत्याल, कविराज पौडेल, विष्णु पोखरेल, लिलाधर पाण्डे र खेमप्रसाद गुरुङको प्रस्तुती रहेनछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित