लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

भिजन लुम्बिनी ऊर्जा कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आइपीओ निष्कासनको स्वीकृति पाएको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ ५ गते आइपीओ निष्कासनको स्वीकृति पाएको हो।

यो जलविद्युत क्षेत्रको कम्पनी हो। कम्पनीले कुल जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन गर्ने स्वीकृति पाएको अध्यक्ष जगतबहादुर पाेखरेलले जानकारी दिए ।

बोर्डबाट निष्कासनको अनुमति पाइसकेको यस कम्पनीले अबको केही समयमै ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने छ।

कम्पनीले उक्त सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीले २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना सञ्‍चालन गरिरहेको छ। आयोजना नेपालकै एक पृथक पहिचान बोकेको नमूना आयोजना रहेको कम्पनीको विश्‍वास छ।

आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको छ। आयोजना माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा बनिरहेको छ। विसं २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित