भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

प्लाष्टिक दाना भनेर ल्याएको ट्रक भित्र २ करोड बढीको कपडा र काजु किसमीस भेटियो

प्लाष्टिकका दाना भनेर अर्कै सामान नेपाल भित्र्याउन खोज्ने दुईवटा ट्रक भैरहवा भन्सार कार्यालय बेलहियाले नियन्त्रणमा लिएको छ।
भारतबाट प्लाष्टिकका दाना भनेर बेलहिया भन्सार कार्यालय प्रवेश गरेका दुईवटा ट्रक चेक जांच गर्दा कपडा र काजु किसमिस लगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय श्रोतले जनाएको छ।

भन्सार कार्यालय प्रमुख मनिराम पौडलले कार्यालयलाई प्राप्त सुचनाका आधारमा भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनेर घोषणा गरेका २ वटा मालवाहक गाडीहरु चेकजांच गर्दा ठुलो परिमाणमा कपडा र काजु किसमिस लगायतका खाद्य सामग्री फेला परेपछि नियन्त्रणमा लिईएको बताए।
ना ५ ख ३३५ नम्वरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्वरको भारतीय मालबाहक गाडी भन्सार परिषरबाटै नियन्त्रणमा लिइ चेकजांच गरिएको भएपनि चालकहरु तत्कालै फरार भएकोले उक्त सामानको धनी को हो?भन्ने नखुलेको भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी युवराज भटराईले बताए।

भन्सार कार्यालयको प्रवेशमा घोषणा गर्दा एउटा प्रकृतीको सामान छ भनेको गाडीमा अर्कै समान छ भन्ने सुचनाका आधारमा चेकजांच गर्दा कपडा काजु किसमीस लगायतका सामाग्री भेटिएको छ तर चालकहरु फरार भएका कारण कसको हो भन्ने खुल्न सकेको छैनसुचना अधिकारी युवराज भटराईले भने।
भन्सार कार्यालयका प्रमुख पौडेलका अनुसार सुक्रवार गरिएको प्रारम्भिक जांचका क्रममा नियन्त्रणमा लिइएका दुईवटा ट्रकहरुबाट करिव २ करोड बरावरका सामान रहेको पाईएको छ। अझै ति समानहरुको मुल्यांकन गर्ने काम हुदै छ हामीले अहिले गाडी बाहेक २ करोडको कपडा र काजु किसमिस लगायतका सामान भएको अनुमान गरेका छौं भन्सार प्रमुख पौडेलले भने।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित