कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

सिद्धार्थ बैंक योगिकुटी शाखा द्वारा मिरा कोषलाइ ५० हजार हस्तान्तरण

बुटवल । बुटवल योगिकुटीमा रहेको सिद्धार्थ बैंकले ‘मिरा ट्रस’लाई नगद हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मिरा ट्रसले स्थापना गरेको मिरा कोषलाई नगद ५० हजार हस्तान्तरण गरेको हो ।

बैंकका योगिकुटी शाखाका शाखा प्रबन्धक लक्ष्मी प्रसाद ज्ञवाली, कर्जा अधिकृत दिपक कार्की र सिएसडी एलिसा भुजेलले कोषका अध्यक्ष हेमलाल शर्मा भुसाललाई नगद चेक हस्तान्तरण गरेका गरेका थिए ।

सो अवसरमा बोल्दै बैंकका शाखा प्रबन्धक लक्ष्मीप्रसाद ज्ञवालीले सामाजिक क्षेत्रमा गर्नुपर्ने खर्चलाई कोषमा रकम प्रदान गरिएको र यो रकमबाट अति गरिव, जेहेन्दारहरुले लाभ लिन सक्ने बताए ।

कोषका अध्यक्ष हेमलाल शर्मा भुसालले कोषले सामाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रमा अप्ठयारा परेकाहरुलाई सहयोग गर्दै आएको भन्दै प्रत्येक बर्ष ४ लाख बढि रकम कोषबाट खर्च गरिने बताए ।

०७८ सालमा स्थापना भएको ट्रसले प्राकृतिक प्रकोप, एकल महिला, बालबालिका, दुर्गम क्षेत्रका विद्यालयका जेहेन्दार विद्यालय, दिर्घ रोगीहरुलाई सहयोग गर्दै आएको छ । अध्यक्ष शर्माले ०७९ सालमा मात्र कोषबाट साढे ३ लाख बढि रकम सहयोग बापत खर्च गरिएको बताए ।

कोषबाट गत बर्ष गंगा आधारभुत विद्यालय गुल्मी चारपाला, दमकडा नमुना माध्यमिक विद्यालय पाल्पा, हाम्रो सगरमाथा आधारभुत विद्यालय तिलोत्तमा, रुरु गौशाला आश्रम, गणेशमान सैजु बृद्धा आश्रम बुटवललाई सहयोग गरिएको उनले बताए । कोषमा हाल १० लाख १४ हजार रुपैयाँ रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित