रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

सिद्धार्थ बैंक योगिकुटी शाखा द्वारा मिरा कोषलाइ ५० हजार हस्तान्तरण

बुटवल । बुटवल योगिकुटीमा रहेको सिद्धार्थ बैंकले ‘मिरा ट्रस’लाई नगद हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मिरा ट्रसले स्थापना गरेको मिरा कोषलाई नगद ५० हजार हस्तान्तरण गरेको हो ।

बैंकका योगिकुटी शाखाका शाखा प्रबन्धक लक्ष्मी प्रसाद ज्ञवाली, कर्जा अधिकृत दिपक कार्की र सिएसडी एलिसा भुजेलले कोषका अध्यक्ष हेमलाल शर्मा भुसाललाई नगद चेक हस्तान्तरण गरेका गरेका थिए ।

सो अवसरमा बोल्दै बैंकका शाखा प्रबन्धक लक्ष्मीप्रसाद ज्ञवालीले सामाजिक क्षेत्रमा गर्नुपर्ने खर्चलाई कोषमा रकम प्रदान गरिएको र यो रकमबाट अति गरिव, जेहेन्दारहरुले लाभ लिन सक्ने बताए ।

कोषका अध्यक्ष हेमलाल शर्मा भुसालले कोषले सामाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रमा अप्ठयारा परेकाहरुलाई सहयोग गर्दै आएको भन्दै प्रत्येक बर्ष ४ लाख बढि रकम कोषबाट खर्च गरिने बताए ।

०७८ सालमा स्थापना भएको ट्रसले प्राकृतिक प्रकोप, एकल महिला, बालबालिका, दुर्गम क्षेत्रका विद्यालयका जेहेन्दार विद्यालय, दिर्घ रोगीहरुलाई सहयोग गर्दै आएको छ । अध्यक्ष शर्माले ०७९ सालमा मात्र कोषबाट साढे ३ लाख बढि रकम सहयोग बापत खर्च गरिएको बताए ।

कोषबाट गत बर्ष गंगा आधारभुत विद्यालय गुल्मी चारपाला, दमकडा नमुना माध्यमिक विद्यालय पाल्पा, हाम्रो सगरमाथा आधारभुत विद्यालय तिलोत्तमा, रुरु गौशाला आश्रम, गणेशमान सैजु बृद्धा आश्रम बुटवललाई सहयोग गरिएको उनले बताए । कोषमा हाल १० लाख १४ हजार रुपैयाँ रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित