हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

बुटवलको कालिका मानवज्ञान कानुन संकाय तर्फ नेपाल प्रथम भएको दावी

बुटवल । बुटवलको कालिका मानवज्ञान विद्यालयले प्लस टू मा कानुन संकाय तर्फ नेपाल प्रथम भएको दावी गरेको छ ।

परीक्षा बोर्डले सार्वजनिक गरेको नजिता अनुसार कानुन संकाय तर्फ विद्यालयका ३ जना छात्राहरु नेपाल प्रथम भएको विद्यालयका प्राचार्य दिनेश थापाले जानाकारी दिए ।

छात्राहरु बर्षा पाण्डे, अमृता घर्ती र रोशिका आचार्यले ३ दशमलव ७१ जिपिए प्राप्त गरेको उनले बताए । अहिले सम्म कानुन संकाय तर्फ उनीहरुले ल्याएको जिपिए सवैभन्दा धेरै भएको प्राचार्य थापाले बताए ।

कानुन, बिज्ञान, ब्यबस्थापन, शिक्षा र मानबिकि संकायमा समग्रमा ८२ दशमलव ०८ प्रतिशत विद्यार्थी उत्र्तिण भएको उनले बताए ।
विज्ञान संकायमा मात्र९५% विद्यार्थीहरु उर्तिर्ण भएका छन् ।

विज्ञान संकायमा १ जना विद्यार्थीले ३ दशमलव ८८ जिपिए ल्याएका छन् । ब्यबसथापन संकायमा पनि १ जना विद्यार्थीले ३ दशमलव ८८ जिपिए ल्याएका छन् ।

कक्षा १२ मा विद्यालयबाट कुल १ हजार ४६८ विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।

जस मध्ये ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने ८८ जना, ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए ल्याउने ५४९ जना, २ दशमलव ८ देखि ३ दशमलव २ जिपिए ल्याउने ४७५ जना, २ दशमलव ४ जिपिए देखि २ दशमलव ८ जिपिए ल्याउने १६४ जना र २ दशमलव ४ जिपिए ल्याउने ९ जना रहेको प्राचार्य थापाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित