लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

बुटवलका नीजि तथा संस्थागत विद्यालयको शुल्क उपमहानगरपालिकाले तोक्यो, कसले कति लिन पाउँछन् ?

बुटवल । बुटवलका नीजि तथा संस्थागत विद्यालयले ०७६ सालमा तोकेको शुल्क भन्दा बढि शुल्क लिएको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयका लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

उपमहानगपालिकाले २०७६ सालमा बनाएको शुल्कसम्बन्धी मापदण्डभन्दा बढि शुल्क लिएको गुनासो अभिभावकहरुले गरेपछि उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकहरूबाट लिने मासिक शुल्क, भर्ना शुल्क, प्रयोगशाला र बसको नयाँ भाडादर निर्धारण गरेको र सो शुल्क राजपत्रमा समेत प्रकाशित भएको बताए ।

उनले राजपत्रमा प्रकाशित भएकाले नयाँ शुल्क साउन महिनाबाटै कार्यान्वयनमा आउने बताए ।

‘यदि कसैले तोकिएको शुल्क भन्दा बढि शुल्क लिएको भए त्यो शुल्क अर्को महिनामा समायोजन हुन्छ’ उनले भने ।
साथै उनले शुल्कको पूर्ण कार्यान्वयन नभए उपमहानगरपालिकाले कडा कारबाही गर्ने समेत बताए ।

कसले कति लिन पाउँछन् ?

उपमहानगरपालिकाले क, ख र ग बर्ग छुट्टाएर शुल्क निर्धारण गरेको छ । नीजि विद्यालयले पुर्व प्राथमिक तहका लागि क बर्गकाले बढिमा २ हजार ७५० शुल्क लिन पाउनेछन् । ख बर्गकाले २ हजार ४ सय ग बर्गकाले २ हजार शुल्क लिने पाउनेछन् ।

त्यसैगरी प्राथमिक तहमा कक्षा १ देखि ५ सम्म क बर्गका विद्यायले ३ हजार रुपैया सम्म, ख बर्गकाले २ हजार ६ र ग बर्गकाले २ हजार २ सय शुल्क लिन पाउनेछन् । यस्तै निमावि तहमा कक्षा ६ देखि ८ सम्म क, ख र ग बर्गकाले क्रमश ३ हजार ३ सय, ३ हजार र २ हजार ६ सय रुपैयाँ लिन पाउनेछन् ।

यस्तै माध्यमिक विद्यालयका लागि क बर्गकाले ४ हजार २ सय, ख बर्गकाले ३ हजार ६ सय, ग बर्गकाले ३ हजार २ सय शुल्क लिन पाउँनेछन् ।

त्यस्तै मावि ११ र १२ मा विज्ञान विषयका लागि मासिक शुल्क बढीमा ४७ सय, ५ हजार र ५२ सय लिन पाउनेछन । यस्तै व्यवस्थापनतर्फ, क्रमशः ४३ सय, ४७ सय र ५ हजार शुल्क निर्धारण गरेको छ ।

बुटवलका निजी तथा संस्थागत विद्यालयहरूले तोकिएको मापदण्डभन्दा ३० देखि ७३ प्रतिशतसम्म शुल्क असुल्ने गरेको पाइएपछि उपमहानगर पालिकाले नयाँ शुल्क निर्धारण गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित