रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

बुटवलमा ६ सय पशुमा लगाइयो लम्पी स्किनविरुद्धको खोप

बुटवल । बुटवलमा ६ सय पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ। साउन ६ गतेदेखि साउन २१ गतेसम्ममा ६ सय पशुमा खोप लगाइएको पशुपंक्षी विकास शाखाका उपनिर्देशक झविन्द्र बञ्जाडेले जानकारी दिए ।

वडा नं १६, १८ र १९ का गाईलाई खोप लगाइएको र बाँकी गाइ र भैसीलाई लगाउने तयारी भइरहेको उनकाे भनाइ छ ।

बुटवलमा करीब ६७ सय पशु रहेको र सबैलाई नै खोप लगाउने गरी तयारी गरेको र खोप आपूर्ति भइरहेको उनले बताए। भैसीमा भन्दा गाईमा बढी संक्रमण देखिएकोले सतर्कता अपनाउनुपर्ने उनकाे भनाइ छ ।

अहिलेको मौसममा यो रोगको भाइरस बोक्ने भेक्टर भनिने लामखुट्टे, झिँगा, किर्ना, उपियाँ, जुम्राको धेरै उत्पादन हुने तिनले धेरै सार्ने सम्भावना रहने भएकाले छिटो फैलिनसक्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित