रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

रोट्रयाक्ट क्लव अफ बुटबल डाउनटाउनको अध्यक्षमा घिमिरे

बुटवल । रोट्रयाक्ट क्लव अफ बुटबल डाउनटाउनको अध्यक्षयमा कृष्ण प्रसाद घिमिरे निर्वाचित भएका छन्।

२१ औ पदस्थापन कार्यक्रममा वर्ष २०२२–०२३ का अध्यक्ष सौरभ भुषालले वर्ष २०२३–०२४ का अध्यक्ष कृष्ण प्रसाद घिमिरेलाई पद हस्तान्तरण गरे। कार्यक्रम बर्ष २०२२-०२३ का अध्यक्ष सौरभ भुषाल र वर्ष २०२३-०२४ का अध्यक्ष कृष्ण प्रसाद घिमिरेको संयुक्त अध्यक्षता, तथा प्रहरी उपरिक्षक कृष्ण प्रसाइको प्रमुख आतिथ्यता लगाएत रोट्रयाक्ट डिष्ट्रक र रोटरी क्लवका अध्यक्ष तथा पूर्ब अध्यक्षहरुको बिशेष अतिथ्यतामा भएको हो ।

कार्यक्रममा वर्ष २०२२–०२३ का अध्यक्ष सौरभ भुषालले बर्षभरि गरेका कार्यप्रगति एवम साामजिक कामबारे जानकारी गराउँदै क्लबलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा पद भार ग्रहण गदै वर्ष २०२३-०२४ अध्यक्ष कृष्ण प्रसाद घिमिरेले निवर्तमान अध्यक्ष ले अगाडी सारेका नया प्रोजेटलाई निरन्तरता दिदै यो बर्ष केहि नयाँ र फरक खालका कार्यक्रमहरु गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि प्रहरी राजमार्ग तथा ट्राफिक सुरक्षा ब्याबस्थापन कार्यलय बुटबलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईं ले रोट्रयाक्ट क्लब अफ बुटबल डाउनटाउनले सामाजिक क्षेत्रमा खेलेको भुमिका महत्वपूर्ण रहेको बताए।

सडक दुर्घटना र न्युनिकरणको लागि रोटयाक्ट सग सगै सहकार्य गरि यो अभियान लाग्ने प्रतिबद्धता ब्यक्त गनुभयो यो अभियानमा साथ दिन सबैलाई आग्रह समेत गरे । सडक दुघटनामा दैनिक धेरै मान्छेहरुले ज्यान गुमाउने भएकाले यसको रोकथाको र नियन्त्रण गर्न सचेतनाका कार्यक्रमहरु सन्चालन गनु पर्ने बताए।

कार्यक्रममा रोटरी क्लब बुटबल डाउनटाउन अध्यक्ष कमला हमाल,रोटरी डिष्ट्रक अफिसर एजाज आलम ,रोटयाक्ट डिष्ट्रीक बर्ष २०२३-०२४ इलेक्ट डि आर आर विक्रम क्षेत्री लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा करिब २५० जनाको सहभागिता रहेकाे थियाे ।

कार्यक्रम  कृष्ण प्रसाद घिमिरेको अध्यक्षयता तथा सचिब सन्जीव सुनारको सन्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित