हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

स्वास्थ्य सेवाको पहँच बढाउन लुम्बिनीमा थप एम्बुलेन्स सुचारु

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका एम्बुलेन्सलाई सुचारु गरिएको छ ।आम नगरबासीको स्वास्थ्य सेवालाई मध्येनजर गर्दै नगरका नगरप्रमुख सजरुद्धिन मुसलमानले थप ३ वटा एम्बुलेन्स ३ वटा स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दै सुचारु गर्न निर्देशन दिएका छन । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३मा रहेको लुम्बिनी स्वास्थ्य केन्द्र,वडा न.९मा रहेको खुदावगर स्वास्थ्य चौकी,वडा न.११मा रहेको मसिना स्वास्थ्य चौकीलाई मंगलबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर सजरुदिन मुसलमानले जनतामा स्वास्थ्य सेवाको पहँच बढाउन मानवीय सेवाको कार्य भएको बताएका छन् । यो संगै नगरपालिकामा ५ वटा एम्बुलेन्स नियमित रुपमा सेवामा भएको जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारको अनुदानमा ३थप एम्बुलेन्स प्राप्त भएको हुदाँ गर्भवती महिलाहरुको हकमा निःशुल्क एम्बुलेन्स सेवा संञ्चालन गरिने मेयर मुसलमानले बताए । समयमै उपचार नहुदाँ अकालमै कसैले पनि मृत्यवरण गर्न नपरोस भन्ने उदेश्य सहित कुनै पनि स्वास्थ्य समस्या पर्न साथ तुरुन्त सम्पर्क गर्न सबै माझ आग्रह गर्दैै २४ घण्टा एम्बुलेन्स सेवा दिन नगर तयार भएको समेत मेयरले उल्लेख गरे । नगरले स्वास्थ्य क्षेत्रको विकासमा उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए ।

कार्यक्रममा वडा न.३का वडाअध्यक्ष अकरमुद्धिन नाउँ मुसलमान,स्वास्थ्य चौकी प्रमुख सुमन थापा,वडा न.९का वडाअध्यक्ष कमल अख्तर फकिर,स्वास्थ्य चौकी प्रमुख प्रमोद ज्ञवाली,वडा न.११का वडा सदस्य शिव प्रसाद यादव,स्वास्थ्य चौकी प्रमुख बुद्धनाथ बरई लगायतको उपस्थिति रहेको थियो । एम्बुलेन्स संञ्चालन भएसंगै स्थानीयले खुशी ब्यक्त गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित