रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग

पुरुषोत्तम पाण्डेय
बुटवल ।
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ ।

विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक रूपमा कम्प्युटर विषय पढाइरहेको सन्दर्भमा विद्यालयले प्रथम त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ९ का विद्यार्थीहरूको कम्प्युटर विषयको परीक्षा पेपरलेस अर्र्थात् निश्चित समयभित्र शिक्षकको निगरानीमा विद्यार्थीहरूलाई कम्प्युटरमै प्रश्नको उत्तर दिन लगाई प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको हो ।

प्रविधिमैत्री परीक्षामा विद्यार्थीहरूलाई वस्तुगत र विषयगत गरी दुई प्रकारका प्रश्न सोधिएको थियो भने विद्यार्थीहरूलाई विद्यालयका चारओटा कम्प्युटर ल्याबमा राखेर परीक्षा सञ्चालन गरिएको थियो । उक्त परीक्षामा आफ्नो ल्याबटप हुने विद्यार्थीहरूले आफ्नै ल्याबटपबाट र अन्य विद्यार्थीहरूले विद्यालयले उपलब्ध गराएको कम्प्युटरबाट परीक्षा दिएका थिए । विद्यालयले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा हलमा सुपेरीवेक्षकसहित सिसी क्यामेराबाट समेत निगरानी गरेको थियो ।

विद्यार्थीहरूलाई व्यावहारोपयोगी र वास्तविक प्रविधिमैत्री बनाउन पेपरलेस अर्थात् उत्तरपुस्तिकाबिना प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको बताउँदै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउँदै अन्य विषयमा पनि यो परीक्षा प्रणाली लागु गर्दै जाने बताए ।
उनले कम्तीमा प्रविधिसँग सम्बन्धित विषयको परीक्षा सबै शैक्षिक संस्थाहरूले प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेमा विद्यार्थीहरूमा व्यावहारिक सिप र प्रविधिमैत्री कार्यकुशलता वृद्धि हुने बताए ।

सधैँ कापीका पानामा परीक्षा दिइरहेको अवस्थामा कम्प्युटरमै टाइप गरेर परीक्षा दिन पाउँदा नौलो अनुभूति गरेको र लेख्न पनि आफूलाई सहज भएको कक्षा ९ मा अध्ययनरत विद्यार्थी एरिजोना भुसालले बताइन् ।

परीक्षालाई प्रविधिमैत्री तरिकाले सञ्चालन गर्न पाउँदा नयाँ उत्साह थपिएको बताउँदै सुरुवातमा केही कठिन र व्यवस्थापनमा जटिलता देखिए पनि निरन्तरता दिइरहँदा यो प्रविधिमैत्री परीक्षा सजिलो, कम खर्चिलो र परिणाममुखी हुने कुरा विद्यालयका कम्प्युटर विषय प्रमुख एकराज गुरागाईंले बताए ।

परीक्षामा कक्षा ९ का १५० जना विद्यार्थीहरू सहभागी भएका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित