दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

कान्ति माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बुटवल ४ स्थित कान्ति माविले अन्तर सदनात्मक हाजिरिजवाफ प्रतियोगिता  सम्पन्न गरेको छ।

कक्षा १ र २ को समूह, कक्षा ३ देखि ५ को समूह , कक्षा ६ र ७को समूह र कक्षा ८, ९ र १० को समूह बनाइ तहगत रुपमा प्रतियोगिता सञ्चालन गरेको अतिरिक्त कृयाकलाप प्रमुख महेश खनालले बताए ।

विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली , साहायक प्रधानाध्यापक पूर्ण भद्र उपाध्याय, केदारनाथ ज्ञवाली , तहगत सयोजक डिल्लि प्रसाद वेलवासे , विदूर पौडेल , घनश्याम यादव , राजन अर्याल , नारायण सुवेदी , लिलाधर पाण्डे को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रावि तहको कार्यक्रम को संयोजन लिलाधर पाण्डे, कक्षा ६ र ७ को संयोजन सूर्य पौडेल र ८ ९ र १० को संयोजन मित्रलाल पोख्रेलले संयोजन गरेका थिए ।

प्रतियोगितामा प्रावि तहमा स्वस्तिका प्रधान, माधव पाण्डे र आर्यन अर्याल को समूह प्रथम, सोनाली शर्मा, आयूष गुप्ता र रोहन कानू को समूह दोस्रो र कविता कुंवर, अंश बलाल र कुशल जिसीको समूह तेस्रो भए भने कक्षा ६ र ७ को समूहमा भैरवस्थान सदन प्रथम , रेसुङ्गा सदन दोस्रो र सुपादेउराली सदन तेस्रो स्थान प्राप्त गरे र कक्षा ८, ९ र १० को समूह अर्न्तगत सुपादेउराली सदन प्रथम, रेसुङ्गा सदन दोस्रो र स्वर्गद्वारी सदन तेस्रो भए ।

विद्यालय ले विद्यार्थी विभिन्न लुकेका प्रतिभाको उजागर गर्न प्रत्येक शुक्रबार कार्यक्रम आयोजना गर्ने गर्छ । विद्यालयमा हाल पाच हजार सात सय विद्यार्थी अध्यापनरत छन ‘

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित