‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

लुम्बिनी प्रदेशमा ६८ प्रतिशत मात्रै धान रोपाइ

बुटवल । लुम्बिनी प्रदेशमा हाल सम्म ६८ प्रतिशत मात्रै धान रोपाइं सकिएको छ ।

कृषि विकास निर्देशनालयका सूचना अधिकारी एवं कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले लुम्बिनी प्रदेशमा ६८ दशमलव ३ प्रतिशत मात्रै रोपाइं सकिएको जानकारी दिए ।

समयमै पानी नपरेपछि प्रदेशका अधिकांश भूभागका किसानले ढिलोगरी रोपाइं शुरु गरेको उनको भनाई छ ।

नवलपरासी पश्चिममो १४ हजार ३५० हेक्टरमा रोपाइं भएको छ । रुपन्देहीमो ४७ हजार ६२३ हेक्टर, कपिलवस्तुमा, ४५ हजार ५४६ हेक्टर, पाल्पामो ६ हजार ५६८ हेक्टर, गुल्मीमा ५ हजार २०९ हेक्टर धान रोपाई भएको छ ।

यसैगरी अर्घाखांचीमो ५ हजार ६३५ हेक्टर, दाङमा ११ हजार २२९ हेक्टर, प्यूठानमा ६ हजार ३२९ हेक्टर, रोल्पामा धान रोपाइं हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ४५२ हेक्टर अर्थात ९६ प्रतिशत रोपाइं सकिएको छ ।

बांकेमा धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमध्ये १४ हजार ८५० हेक्टर अर्थात ४५ प्रतिशत रोपाइं सकिएको छ । बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ३६ हजार २८४ हेक्टर अर्थात ७४ प्रतिशत रोपाइं सकिएको निर्देशनालयका सूचना अधिकारी पौडेलले बताए ।

सबैभन्दा कम धानखेती हुने रुकुम पूर्वमा ९० प्रतिशत रोपाइं सकिएको छ । धान रोपाइं हुने एक हजार ४ सय १९ हेक्टरमध्ये एक हजार २७७ हेक्टर क्षेत्रफलमा रोपाइं सकिएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित