लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

चार महिनामा अर्घाखाँची सिमेन्टले गर्‍यो ३८ करोडको सिमेन्ट निर्यात

बुटवल । गत चैत बाट भारतमा व्यवसायिक रुपमा सिमेन्ट निर्यात थालेको अर्घाखाँची सिमेन्टले असार सम्म ३८ करोड रुपैयाँ बराबरको सिमेन्ट भारत निकासी गरेको छ ।

रुपन्देहीमा स्थापना भएको अर्घाखाँची सिमेन्टले निर्यातको सुरुवात गत कार्तिक बाटै गरेपनि व्यवसायिक निर्यात भने चैतबाट भएको र ४ महिनामा ३८ करोडको सिमेन्ट निर्यात गरेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए ।

अर्घाखाँचीले यसबीच ५ लाख २५ हजार बोरा सिमेन्ट, २६ हजार टन क्लिङ्कर निकासी गरेको छ। गत आर्थिक वर्षमा अर्घाखाँचीका उत्पादन बिहारको पटना तथा उत्तर प्रदेशका गोरखपुर, महाराजगन्ज, लखऊ, कानपुर, बनारसलगायत सहर पुगेको हो।

अग्रवालका अनुसार गत वर्ष अर्घाखाँची सिमेन्ट ४ सय मिटरको रेडियसमा पुगेको हो। चालू वर्ष अन्य सहर पुग्ने लक्ष्य छ। सुरुवाती वर्ष भएकाले प्रयासस्वरूप ३८ करोडको निकासी गरियो। चालू वर्ष २ अर्बहाराहारीको सिमेन्ट निकासी गर्ने लक्ष्य छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित