‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

सिद्धबाबा मन्दिरको सवै आर्थिक कारोबार अव डिजिटल प्रणालीबाट

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धबाबा मन्दिर विकास समितिले अब सवै आर्थिक कारोबार डिजिटल प्रणालीबाट गर्न सुरु गरेको छ ।

नयाँ आर्थिक बर्ष सुरु भए संगै मन्दिरले सोमबार देखि सवै कारोबार डिजिटल प्रणालीबाट गर्न सुरु गरेको हो ।

केही दिन अघि बुटवल–३ मा रहेको सिद्धबाबा धाममा आर्थिक हिनाविना भएको घटना सार्वजनिक भएसंगै पाल्पाको सिद्धबाबा मन्दिरले आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्न सुरु गरेको हो ।

सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले मन्दिर हुने १५ वटा विभिन्न शिर्षकको कारोबार अव डिजिटल माध्यमबाट गरिने बताए ।

सुरुवातको समयमा एउटा कम्प्युटरबाट यो सेवा दिन थालेको भन्दै अध्यक्ष शेरचनले केही महिनामै दुई वटा कम्प्युटरबाट डिजिटल भुक्तानी रसिद भक्तजनलाई दिने बताए ।

१ लाख ५० हजार खर्च गरेर डिजिटल भुक्तानी सुरु गरेको भन्दै उनले मन्दिरमा बढि भिडभाड हुने समयमा भक्तजनलाई केही असहजता हुने भएपनि समग्र आर्थिक पारदर्शीताका लागि यो काम अगाडि बढाइएको बताए ।

‘हामीले परेवा, सवारी, विवाह, बर्तबन्ध, ग्रहशान्ती, सहयोग, सटरभाडा, विजुली, रुद्री, लघु रुद्री लगाएतका विभिन्न शिर्षकमा लाग्ने रकम डिजिटल भुक्तानी मार्फत लिन्छौ ।’ उनले भने ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित