बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

देउखुरीमा ३ अर्बको लागतमा १० वटा मन्त्रालय निर्माणको काम धमाधम

लुम्बिनी प्रदेश सरकारले तीन अर्ब रुपैयांभन्दा बढी लागतमा बनाउन थालेको १० वटा मन्त्रालयको भवन निर्माणको काम तिब्र गतिमा अघि बढेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरभित्र नयां भवन बनिरहेका छन् । गत फागुन १० मा तत्कालीन मुख्यमन्त्री लीला गिरीले मन्त्रालय भवनको शिलान्यास गरेका थिए ।

काठमाडौंको शर्मा सगुन जेभीसँग तीन अर्ब नौ करोड एक लाख २९ हजार रुपैयाँमा भवन निर्माण सम्झौता भएको छ । तीन वर्षभित्र निर्माण पूरा गर्ने सम्झौतामा उल्लेख छ । यसका लागि खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय अन्तर्गत प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ खडा गरिएको छ ।

त्यस्तै, मन्त्रालयका भवनसंगै सात वटा अन्य योजना कार्यालयको भवन पनि बन्ने प्रक्रियामा रहेको प्रवक्ता पाण्डेयले बताउनुभयो । यता प्रदेश सरकारले राप्ती उपत्यकालाई राजधानी शहरका रूपमा निर्माण अघि बढाउने भएको छ ।

यसका लागि गुरुयोजना तयार गरिएको छ । यसमा २५ अर्ब लाग्ने अनुमान गरिएको छ । प्रदेश राजधानी शहर निर्माणका लागि पूर्वाधार विकास प्राधिकरणले गुरुयोजना बनाएको हो ।

राजधानी शहर बनाउन २५ अर्बको स्रोत सुनिश्चितता भएको र २० वर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको सरकारका प्रबक्ता सन्तोष पाण्डेयले बताए ।

गुरुयोजना अन्तर्गत नै मन्त्रालयका भवन निर्माण भइरहेका छन । त्यस्तै, पांच वर्षभित्र प्रदेशसंग जोडिएका प्रशासनिक कार्यालय, कर्मचारीका निवास, निर्देशनालय भवन निर्माण गरिनेछ ।

त्यस्तै, राप्तीमा तीनवटा पक्की पुल, राप्तीका नदीका दुवैतिर तटबन्ध निर्माण गरिने उनी बताउँछन्। साथै, राजधानीलाई जोड्न कलात्मक (सिक्नेचर) पुल बनाउने योजना समेटिएको छ भने ५० मिटर चौडा तीन वटा सडक निर्माण गरिनेछन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित