‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

देउखुरीमा ३ अर्बको लागतमा १० वटा मन्त्रालय निर्माणको काम धमाधम

लुम्बिनी प्रदेश सरकारले तीन अर्ब रुपैयांभन्दा बढी लागतमा बनाउन थालेको १० वटा मन्त्रालयको भवन निर्माणको काम तिब्र गतिमा अघि बढेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरभित्र नयां भवन बनिरहेका छन् । गत फागुन १० मा तत्कालीन मुख्यमन्त्री लीला गिरीले मन्त्रालय भवनको शिलान्यास गरेका थिए ।

काठमाडौंको शर्मा सगुन जेभीसँग तीन अर्ब नौ करोड एक लाख २९ हजार रुपैयाँमा भवन निर्माण सम्झौता भएको छ । तीन वर्षभित्र निर्माण पूरा गर्ने सम्झौतामा उल्लेख छ । यसका लागि खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय अन्तर्गत प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ खडा गरिएको छ ।

त्यस्तै, मन्त्रालयका भवनसंगै सात वटा अन्य योजना कार्यालयको भवन पनि बन्ने प्रक्रियामा रहेको प्रवक्ता पाण्डेयले बताउनुभयो । यता प्रदेश सरकारले राप्ती उपत्यकालाई राजधानी शहरका रूपमा निर्माण अघि बढाउने भएको छ ।

यसका लागि गुरुयोजना तयार गरिएको छ । यसमा २५ अर्ब लाग्ने अनुमान गरिएको छ । प्रदेश राजधानी शहर निर्माणका लागि पूर्वाधार विकास प्राधिकरणले गुरुयोजना बनाएको हो ।

राजधानी शहर बनाउन २५ अर्बको स्रोत सुनिश्चितता भएको र २० वर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको सरकारका प्रबक्ता सन्तोष पाण्डेयले बताए ।

गुरुयोजना अन्तर्गत नै मन्त्रालयका भवन निर्माण भइरहेका छन । त्यस्तै, पांच वर्षभित्र प्रदेशसंग जोडिएका प्रशासनिक कार्यालय, कर्मचारीका निवास, निर्देशनालय भवन निर्माण गरिनेछ ।

त्यस्तै, राप्तीमा तीनवटा पक्की पुल, राप्तीका नदीका दुवैतिर तटबन्ध निर्माण गरिने उनी बताउँछन्। साथै, राजधानीलाई जोड्न कलात्मक (सिक्नेचर) पुल बनाउने योजना समेटिएको छ भने ५० मिटर चौडा तीन वटा सडक निर्माण गरिनेछन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित