
सैनामैना नगरपालिकामा रहेको प्रभात बोर्डिङ स्कुलको नतिजा उत्कृष्ट आएको छ ।
माध्यमिक शिक्षा परीक्षाको आज आएको एसईई नतिजामा प्रभातका प्रसान्त भट्टराइले ३.९५ जिपिए प्राप्त गरेको प्राचार्य अनन्तराम शर्माले जानकारी दिए । प्रभातबाट ९६ जना सहभागि सबै उत्तीर्ण भएका हुन् ।