बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु                
समाचार :

यो बर्ष रुपन्देहीका कुनै पनि विद्यार्थीले ल्याएनन् ४ जिपिए

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) ०७९ मा रुपन्देहीबाट कुनै पनि विद्यार्थीले ४ जिपिए नल्याएको शिक्षा विकास तथा समन्वय ईकाइ रुपन्देहीले जनाएको छ ।

जम्मा १३८ विद्यालयका १७ हजार ९१५ जना विद्यार्थी एसईईमा सहभागि भएकोमा यो बर्ष कुनै पनि विद्यार्थीले ४ जिपिए नल्याएको ईकाइ कार्यालयले जनाएको छ ।

जिल्लामा सवैभन्दा बढि विद्यार्थीले १ दशमलव ६ देखि २ जिपिए भन्दा कम अंक ल्याएका छन् । ३ हजार ३४६ विद्यार्थीले १ दशमलव ६ भन्दा माथी र ३ जिपिए भन्दा कम ल्याएको ईकाइ कार्यालयले जनाएको छ ।

यसैगरी २ दशमलव ४ भन्दा माथी २ दशमलव ८ भन्दा कम ल्याउने विद्यार्थीको संख्या ३ हजार २३७ रहेको छ । यसैगरी २ दशमलव ८ भन्दा माथी ३ दशमलव २ भन्दा कम ल्याउने विद्यार्थीको संख्या जिल्लामा ३ हजार २२४ रहेको छ ।

यसैगरी १ दशमलव २ भन्दा माथी १ दशमलव ६ भन्दा कम ल्याउने विद्यार्थी १ हजार ९९७ रहेका छन् ।

३ दशमलव २ भन्दा माथी ३ दशमलव ६ भन्दा कम जिपिए ल्याउने विद्यार्थी १ हजार ९५८ रहेका छन् । यसैगरी जिल्लामा ३ दशमलव ६ भन्दा माथी ४ जिपिए भन्दा कम ल्याउने विद्यार्थीको संख्या ६१३ रहेको छ । शुन्य दशमलव ८ भन्दा माथी १ दशमलव २ भन्दा कम ल्याउने विद्यार्थीको संख्या जिल्लामा १५८ रहेको छ ।

जिल्लामा यस बर्ष नियमित तर्फ १७ हजार ४७३, प्राविधिक धार तर्फ ४४२ र ग्रडबृद्धि तर्फ ४५५ विद्यार्थी एसईईमा सहभागि भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित