बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

नगरसभामा पारित भयो तिलोत्तमाको पौने ३ अर्ब बजेट

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०८०र८१ का लागि बिनियोजित २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट शनिबार सम्पन्न नगरसभाबाट पारित गरेको छ । नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख रामकृष्ण खाणले गत असार ७ गते बिहिबार बजेट नीति तथा कार्यक्रम पेश गरेका थिए । सो नगरसभा लगत्तै असार ९ गते उपप्रमुख जगेश्वर देवी चौधरीले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट प्रस्तुत गरेकी थिइन् ।

नगरसभाको तेस्रो बैठकले बजेट नीति तथा मार्गदर्शन तथा कार्यक्रमलाई सर्बसहमतीमा पारित गरेको हो । बजेटमा चालु खर्चतर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार र पूँजीगततर्फ रु १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार विनियोजन गरिएको छ । नगरसभामा बेरुजु सम्परीक्षण, न्यायिक समितिको प्रतिबेदन, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र बिनियोजन विधेयकको स्वीकृतिको लागि निर्णयार्थ पेश गरीएको थियो । सो प्रतिबेदनमाथि छलफल गरी सर्बसम्मतिले पारित गरिएको छ।

नगरपालिकाको सभाहलमा सम्पन्न बैठकमा सदस्यहरुले राखेका जिज्ञासाको नगर प्रमुख तथा उपप्रमुखले जवाफ दिएका थिए । विभिन्न बिषयगत समितिका तर्फबाट नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक जागेश्वर देवी चौधरीले न्यायिक समितिको प्रतिबेदन, कार्यपालिका सदस्य राधा शाहीले सुशासन तथा संस्थागत बिकास समितिको प्रतिबेदन र फर्सुराम गिरिले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित