भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

यशोदा फूड्सको चाउचाउसँगै ७ प्रकारका स्न्याक्स पनि बजारमा

भैरहवाको यशोदा फुड्सले करेन्ट चाउचाउको व्यावसायिक उत्पादन सुरु गरेको ६ वर्ष पुगेको छ। यो अवधिमा चाउचाउ बजारमा राम्रै होल्ड बनाएको छ।

चाउचाउको कारोबारमा फड्को मारेसँगै यही उद्योगले एक वर्ष पनि नपुग्दै स्न्याक्सको कारोबारमा पनि उत्साहजनक देखिन्छ।
उद्योगले ११ महिनाअघि स्न्याक्सको उत्पादन गर्न थालेको थियो।

उद्योगका सञ्चालक चुन्नुप्रसाद पौडेलका अनुसार उद्योगले हाल ७ प्रकारका एफएमसीजी स्न्याक्सको उत्पादन गरिरहेको छ। जसमा चिज बल्स, करेन्ट हट एन्ड स्पाइसी स्टिक, करेन्ट अचारी स्टिक, करेन्ट हट एन्ड लेमन स्टिक, करेन्ट पोटेटो क््रयाकर, करेन्ट ओनियन रिङ र करेन्ट रोस्टेड मखाना छन्।

उद्योगले भूटान, भारत, युरोप र दुबईमा पनि स्न्याक्सको निर्यात गरिरहेको छ।

एक्कासि कसरी बढ्यो विक्री ?
विराटनगरका एक होलसेल व्यापारीका अनुसार ५ महिनाअघिसम्म करेन्ट ब्रान्डका स्न्याक्सको विक्री अहिलेको जस्तो थिएन। पाँच महिनाअघि यशोदा फुड्सले आफ्नो सबैभन्दा बढी चल्ने स्न्याक्सको सेग्मेन्टमा प्राइस वार सुरु गर्‍यो।

‘करेन्टले आफ्नो सबैभन्दा बढी चल्ने सेग्मेन्ट चिज बल्सको सबैभन्दा बढी मूल्यको प्याकेटलाई पाँच महिनाअघि अर्को सस्तो प्याकिङमा निकाल्न थाल्यो’, ती व्यवसायीले सुनाए, ‘बढी मूल्यको प्याकेटको एमआरपी ६० रुपैयाँ र चिजबल्स तौल ६० ग्राम थियो। उद्योगले कस्तो चलाखी गर्‍यो भने प्याकेटको साइज खासै घटाएन। नजानिदो तरिकाले थोरै मात्र घटायो। यसले गर्दा प्लास्टिकको नगण्य खर्च मात्र हुने भयो। तर उद्योगले चिजबल्सको तौल भने आधा घटाएर ३० ग्राम बनायो र एमआरपी पनि आधै अर्थात् ३० रुपैयाँ कायम गर्‍यो। साथै ६० रुपैयाँको ६० ग्रामको चिजबल्सको उत्पादन र आपूर्ति पनि गरिरह्यो।’

व्यवसायीका अनुसार यसपछि ६० रुपैयाँको चिज बल्स ३० रुपैयाँ भएछ भनेर ग्राहकले धमाधम खरिद गर्न थाले। उद्योगका सञ्चालक पौडेलले चिज बल्सको साइज र तौल घटाएर अर्को प्याकिङमा बजार पठाएपछि अन्य स्न्याक्सको पनि विक्री बढेको स्वीकार गरे।

उनले उद्योगले निकट भविष्यमै बाँकी ६ वटा सेग्मेन्टका स्न्याक्सलाई पनि चिजबल्सकै शैली अपनाएर नयाँ प्याकिङमा पनि बजारीकरण गरिने जानकारी दिए। जसअनुसार ८० ग्राममा उत्पादन भइरहेका करेन्ट हट एन्ड स्पाइसी स्टिक, करेन्ट अचारी स्टिक र करेन्ट हट एन्ड लेमन स्टिकको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ छ। यिनलाई ४० ग्राममा प्याक गरेर मूल्य २५ रुपैयाँ बनाइनेछ।

त्यस्तै ५० ग्राम ५० रुपैयाँ मूल्यको करेन्ट पोटेटो क्य्राकरलाई २५ ग्राममा प्याकिङ गरेर यसको एमआरपी २५ रुपैयाँ र ४० ग्राम ५० रुपैयाँको करेन्ट ओनियन रिङलाई २० ग्राममा ल्याएर एमआरपी २५ रुपैयाँ निर्धारण गरिनेछ। यहीअनुसार ४० ग्राम १०० रुपैयाँ मूल्यको करेन्ट रोस्टेड मखानालाई पनि २० ग्राममा प्याकिङ गरेर अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ निर्धारण गरिनेछ।
उनले यशोदा फुड्सले क्लालिटी, क्वान्टिटी र प्याकेजिङमा बढी ध्यान दिएको तर भेराइटी भने कम रहेको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित