रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

साढे दुई अर्ब रुपैयाँ लागतमा सिद्धार्थ ग्रुपको पहिलो पाँचतारे ब्राण्ड ‘सिद्धार्थ विलासा’ भैरहवामा तयार

कटेज रेष्टुरेन्ट, तीन तारे र चारतारे स्तरको होटल संचालन गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले बिहीबारदेखि आफ्नो पहिलो पाँचतारे लक्जरी होटल संचालनमा ल्याउने भएको छ।

समुहको लक्जरीयस ब्राण्डअन्तर्गत भैरहवामा पहिलो होटल ‘सिद्धार्थ विलासा’ बिहीबारदेखि संचालनमा आउने भएको छ। सफ्ट ओपनिङ हुन लागेको यो प्रोपर्टी आन्तरिक पर्यटक केन्द्रित रहेको होटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए।

‘जुनसुकै स्तरको होटल भएपनि हाम्रो पहिलो प्राथमिकता भनेको आन्तरिक पर्यटक नै हो। यो लक्जरीयस प्रोपर्टी पनि हामीले सुरुमा नेपाली पर्यटक लक्षित नै तयार पारेका छौँ।’ सिइओ न्यौपानेले भने,’यो हाम्रो पहिलो लक्जरीयस ब्राण्ड अन्तर्गतको होटल हो। निकट भविष्यमा थप क्षमता विस्तार गर्दै लानेछौँ।’

साढे दुई अर्ब रुपैयाँ लागतमा ४ बिघा क्षेत्रफलमा निर्माण भएको यो होटल ८५ कोठा क्षमताको छ। क्यासिनोसहित सेवा सुरु भएसँगै होटलले आउँदो असोजमा ग्राण्ड ओपनिङ गर्ने उनले जानकारी दिए।

क्यासिनोकै लागि मात्र सिद्धार्थ समूहले १७ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको उनले बताए। उनका अनुसार क्यासिनो संचालनका लागि यतिखेर विभीन्न कम्पनीसँग छलफल भइरहेको छ।

सुइट, प्रेसिडेन्ट रुम समावेश गरिएको होटलमा दुई हजार क्षमताको बलरुम तयार, १८ हजार वर्गफिटको बैंक्विट हल, अन्तर्राष्ट्रियस्तरको कन्फ्रेन्स हल, स्विमीङ पुल, फिटनेस क्लब लगायत विभीन्न सुविधा राखिएको उनले जानकारी दिए।

कोभिड सुरु हुनु अगाडि निर्माण सुरु गरिएको यो होटल आउँदो वैशाखबाटै संचालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए।

पछिल्लो समय कम्पनीले आफ्नो सेवा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यले आफूअन्तर्गत लक्जरी, मिडियम र रेगुलर गरी तीनवटा ब्राण्ड स्थापना गरिसकेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित