भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

सैनामैनाको आगामी बजेट १ अर्ब १० करोड ५२ लाख

रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी वर्षका लागी बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औँ नगरसभाले आ.व २०८०÷०८१का लागी उपमेयर विना राना मगरद्धारा १ अर्ब १० करोड ५२ लाख ६८ हजार ७ सय ७४ रुपियाँ बजेट प्रस्तुत गरिएको हो ।

सामाजिक विकास :

स्वास्थ्य

  1. विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाइ निर्माणाधिन १५ सैयाको आधारभूत अस्पताललाई सम्पन्न गरी आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गरी संचालनमा ल्याउन आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
  2. संघीय सरकारद्धारा सालझण्डीमा निर्माण हुने ट्रमा केयर सेन्टरको निर्माण कार्यलाई यथासिघ्र अगाडि वढाउने प्रवन्ध मिलाएको छु ।
  3. महिलाको पाठेघरको मुखको क्यान्सरको नियमित परीक्षण गर्ने कार्य निरन्तरताको व्यवस्था गरेको छु ।
  4. स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र,  आधारभूत स्वास्थ्य  केन्द्र र नागरिक आरोग्य केन्द्रको लागि औषधि तथा उपकरण खरिद तथा व्यवस्थापन गर्न रु. ४६ लाख ४७ हजार विनियोजन गरेको छु ।
  5. ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति तथा अति विपन्न नागरिकलाई स्वास्थ्य सस्था सम्म पुग्न निशुल्क एम्वुलेन्स सेवा सन्चालन गर्नका लागि रु १४ लाख विनियोजन गरेको छु ।
  6. मुटु तथा मृगौला रोगका विरामीहरुले डायलाइसिस सेवा लिन वुटवल आउन जानको लागि निशुल्क यातायात व्यवस्था मिलाएको छु ।
  7. नियमित गर्भ जाँच गराइ बर्थिंग सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई नेपाल सरकारले दिदै आएको यातायात खर्चमा पोषण प्रवर्धनका लागि प्रतिव्यक्ति रु १ हजार थप गर्ने व्यवस्था मिलाएको छु ।
  8. स्वास्थ्य सम्वन्धी तथ्यांक व्यवस्थापन, सुशासन तथा गुणस्तर सुधारका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
  9. पर्रोहा स्वास्थ्य चौकीबाट लगाउदै आएको एन्टी रेविज भ्याक्सिनलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको छु ।
  10. तीनवटा स्वास्थ्य चौकीबाट प्रदान गरिदै आएको प्रयोगशाला सेवा निरन्तरताका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  11. महिला सामुदायिक स्वास्थ्य स्वंयम सेविकाको निशुल्क स्वास्थ्य विमा र यातायात खर्चका लागि रु ९ लाख ८२ हजार विनियोजन गरेको छु ।
  12. स्वीकृत दरवन्दी वाहेकका स्वास्थ्य तर्फका स्थायी कर्मचारी, करार कर्मचारी, करार कार्यालय सहयोगी, फिल्डमा काम गर्ने कर्मचारी र २४ घण्टे बर्थिंग सेन्टरमा काम गर्ने थप कर्मचारीको सेवा निरन्तरता समेतका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

संघिय सरकारबाट शसर्त रुपमा स्वास्थ्य तर्फ विनियोजन गरेको जम्मा रु २ करोड 56 लाख 88 हजार र प्रदेश सरकारबाट स्वास्थ्य तर्फ विनियोजन गरेको जम्मा रु २० लाखमा यस नगरपालिकाबाट रु ३ करोड ६ लाख 39 हजार थप गरी जम्मा रु. 5 करोड 83 लाख 27 हजार विनियोजन गरेको छु ।

 

शिक्षा, युवा तथा खेलकुद :

  1. शिशु देखि कक्षा ६ सम्मका सबै बालबालिकालाई विद्यालयमा तयार गरिएको निशुल्क, स्वच्छ, स्वस्थ्यवर्धक र पोषिलो खाजाखाने व्यवस्थाले वालवालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । यसलाई अझ प्रभावकारी वनाउन संघीय सरकारले दिदै आएको अनुदानमा  प्रति विद्यार्थी रु ५ थप गरी पोषिलो खाजा खाने व्यवस्था मिलाएको छु यसको लागि संघीय सरकारले उपलव्ध गराएको रकम रु १ करोड ३० लाख ४० हजारमा ४७ लाख बजेट थप गरी रु. १ करोड 77 लाखा 40 हजार वजेट विनियोजन गरेको छु ।
  2. सामुदायिक विद्यालयका कर्मचारी तथा वालविकासका सहजकर्तालाई संघीय सरकारबाट दिदै आएको पारिश्रमिक अनुदान रु. 99 लाख 24 हजारमा नगरपालिकाबाट रु. 59 लाख 93 हजार थप गरी न्युनतम पारिश्रमिक उपलव्ध गराउने कार्यलाई निरन्तरता दिएको छु । विद्यार्थीको मूल्यांकनलाई विश्वासनीय वनाइ र्शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आधारभूत तहको नगरस्तरीय परीक्षालाई व्यवस्थित गर्न रु 10 लाख बजेट विनियोजन गरेको छु ।
  3. अनौपचारीक प्रौढ विद्यालय, सामुदायिक सिकाई केन्द्र सन्चालनको लागि रु ५ लाख 9७ हजार वजेट व्यवस्था गरेको छु ।
  4. सामुदायिक विद्यालयका कक्षा कोठा व्यवस्थित वनाउन फर्निचर खरिद गर्ने व्यवस्था मिलाएको छु । गुणस्तरीय शिक्षा उपलव्ध गराउने नगर भित्रका उत्कृष्ठ विद्यालय, शिक्षक तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाएको छु यसको लागि रु 2 लाख वजेट व्यवस्था गरेको छु । विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रवर्द्धन गर्न खोज अनुसन्धान तथा आविष्कारलाई प्रोत्साहित गर्ने व्यवस्था मिलाएको छु ।
  5. सामुदायिक विद्यालयमा अध्ययनरत सवै छात्राहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड तथा विद्यालयको पाठ्यपुस्तक निशुल्क उपलव्ध गराइदै आएको छ । छात्रा, दलित तथा अपाङ्ग विद्यार्थीलाई दिइदै आएको छात्रवृतीलाई निरन्तरता दिइएको छु । सेनेटरी प्याड व्यवस्थापनको लागि संघीय सरकारबाट प्राप्त रु. १ करोड ४७ लाख ३३ हजारमा रु. 3 लाख थप गरी संस्थागत विद्यालयका छात्राहरुलाई समेत निशुल्क दिने गरी १ करोड 50 लाख 3३ हजार वजेट विनियोजन गरेको छु ।
  6. वालवालिकाहरुको सिकाइ कृयाकलाप अभिवृद्धि गरी शैक्षिक गुणस्तर सुदृढिकरण गर्न विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय तथा सूचना प्रविधिको पूर्वाधार विकास गरिने कार्यलाइ निरन्तरता दिएको छु यसको लागि ८६ लाख १२ हजार संघीय सरकारवाट वजेट व्यवस्था गरिएको छ ।
  7. नगर भित्रका युवाहरुलाई खेलमा प्रोत्साहन गरिदै आएको छ । स्वास्थ्यका लागि खेलकूल राष्ट्रका लागि खेलकूद अभियानलाई सार्थक बनाउन नगरस्तरीय खेलकूद समितिद्वारा नगर भित्र  संचालन हुने सबै किसिमका खेलहरुलाई एकद्वार प्रणालीवाट सचालन गर्न रु २० लाख वजेट व्यवस्था मिलाएको छु ।
  8. युवा क्लव गठन, नमुना संसद अभ्यास, युवा स्वयंसेवकको विकास र परिचालन तथा युवा मैत्री स्थानीय शासनको लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम सञ्चालन गर्न रु. 10 लाख विनियोजन गरेको छु।

 

समग्र शिक्षा तथा खेलकुदको लागि नगर तर्फ रु १ करोड ७5 लाख 75 हजार तथा संघीय सरकारवाट वित्तीय हस्तान्तरण हुने रकम रु 21 करोड 14 लाख गरी जम्मा रु २२ करोड 89 लाख 75 हजार  वजेट  विनियोजन गरेकोछु ।

महिला तथा बालबालिका तर्फ :

  1. महिला सशक्तिकरण, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको पहिचान, एकल महिला, वाल अधिकार, दलित जनजाति तथा अपाङ्ग लक्षित कार्यक्रम तथा महिला संग उपप्रमुख कार्यममको लागि रु. 25 लाख विनियोजन गरेकोछु ।
  2. बुटवल स्थित मानवसेवा आश्रमलाई नियमित रुपमा उपलब्ध गराउदै आइरहेको सुविधालाई यस वर्ष पनि निरन्तरता दिई आवश्यक वजेट विनियोजन गरेको छु ।
  3. उद्यमी महिलाहरुको उत्पादन तथा उत्पादकत्व बृद्धि गराई उनिहरुबाट उत्पादित वस्तुहरुको वजारीकरण गर्न महिला कोसेली घर निर्माण गर्न बजेट व्यवस्था गरेकोछु ।
  4. नगरपालिकामा सन्चालित स्थानीय विकास कोष कार्यक्रमको थप क्षेत्र विस्तार गरी उक्त कार्यक्रमहरुलाई व्यवस्थित र प्रभावकारी वनाउन रु. 10 लाख विनियोजन गरेको छु ।
  5. बालवालिकाको सामाजिक, वौद्धिक, संवेगात्मक तथा नैतिक विकासका लागि नगर प्रमुखसँग बालबालिका कार्यक्रमको लागि रु 10 लाख विनियोजन गरेको छु ।
  6. जातिय भेदभाव तथा छुवाछुत विरुद्ध कार्यक्रमको लागि रु. 5 लाख विनियोजन गरेकोछु ।

आर्थिक बिकास

कृषि बिकास तर्फ :

 वालीविरुवाको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उन्नत जातको वीउ विरुवा वितरण, वालीहरुमा लाग्ने विभिन्न किरा, रोग नियन्त्रण गर्न विषादी तथा माइक्रो न्युट्रेन्ट निशुल्क वितरण र वाली बिमा गर्नका लागि रु.३१ लाख विनियोजन गरेकोछु  ।

  1. मसलावाली तथा आलुवालीको शित गृहमा भण्डारण तथा ढुवानीमा अनुदान, मुर्गिया हाटवजारमा शित गृह भण्डारण निर्माण सम्पन्न गरी नगरपालिका र निजी क्षेत्रको समन्वयमा नियमित रुपमा सन्चालन गर्न रु. १ करोड ७१ लाख ५० हजार विनियोजन गरेको छु ।
  2. खेती प्रणालीमा लागत कम गर्नको लागि प्लाष्टिक रोल वितरण, मह उत्पादन गर्ने व्यावसायीक कृषकहरुलाई उत्पादनको आधारमा अनुदान दिन, कृषक समूहहरुको मागमा आधारित स्थलगत तालिम संचालन गर्न, व्यावसायिक फूल खेती गर्ने व्यवसायिहरुलाई उत्पादनमा सहयोग गर्न र कृषि उत्पादन वृद्धि गर्नको लागि सतह सिंचाई तथा साना  सिंचाई कार्यक्रम संचालन र किसानसंग प्राविधिक घुम्ती कार्यक्रम सन्चालन गर्न रु. ४२ लाख विनियोजन गरेको छु ।
  3. ५० प्रतिशत अनुदानमा कन्ये च्याउ, धान, गहुँ, मकै, दलहन, तेलहन र मसला वालीको विउ खरिदको लागि रु. 10 लाख विनियोजन गरेको छु ।
  4. ५० प्रतिशत अनुदानमा फलफूलको विरुवा, किटनाशक र ढुशीनासक विषादी खरिद,  कृषि मेला प्रदर्शनी, तरकारी सिडकिट वितरण समेतको लागि रु. 12 लाख ५८ हजार विनियोजन गरेको छु ।

कृषि बिकास क्षेत्र तर्फ रु. २ करोड ६७ लाख ८ हजार विनियोजन गरेक छु ।

 पशु बिकास तर्फ :

 दुध तथा मासुजन्य उत्पादनलाई वृद्धि गर्न नश्ल सुधार, पशु स्वास्थ सेवा,  औषधी खरिद तथा उपचार,  खोप र प्रयोगशाला सेवा सन्चालन,  हिउदे, बर्षे, बहूबर्षीय घाँसको वीउ र विरुवा वितरण कार्यको लागि रु ३७ लाख ५८ हजार  विनियोजन गरेकोछु ।

  1. “उत्पादन साथमा, अनुदान हातमा“ भन्ने नारालाई अंगिकार गर्दै दुध र मासु उत्पादनमा आधारित प्रोत्साहन, पशुबिमा कार्यक्रम, बाख्राको पकेट कार्यक्रम र 75 प्रतिशत अनुदानमा मत्स्य तथा पशुपंछी व्यवसायिक कृषकहरुलाई यन्त्र उपकरण वितरण समेतको कार्यका लागि रु. ४० लाख विनियोजन गरेकोछु ।
  2. पशु सेवालाई व्यवस्थित र प्रभावकारी रुपमा सन्चालन गर्न विषय बिशेषज्ञ डाक्टर सहितको प्राविधिक दक्ष जनशक्तिको व्यवस्था मिलाएकोछु । उक्त सेवा प्रदान गर्न र  भुसिया कुकुर नियन्त्रण तथा अन्य थप कार्यक्रमको लागि रु. १६ लाख ९ हजार विनियोजन गरेको छु ।
  3. संघ र प्रदेश सरकार संग समन्वय गरी छाडा पशु चौपाया व्यवस्थापन गर्नका लागि आवश्यक प्रवन्ध मिलाउन रु 5 लाख विनियोजन गरेको छु ।

 समग्र पशु बिकासको लागि रु ९३ लाख ६७ हजार विनियोजन गरेको छु ।

 पर्यटन बिकास तर्फ :

 नगरपालिकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक विकासको लागि ऐतिहासिक भड्छा महोत्सव, औद्योगिक व्यापार मेला लगाएत विभिन्न महोत्सव, मेला जात्राको लागि रु 16 लाख 50 हजार विनियोजन गरेको छु ।

  1. संघीय सरकार र नगरपालिकाको सहकार्यमा पर्रोहा पर्मेश्वर वोलवमधाम मन्दिर निर्माण कार्य सम्पन्न गरी पर्यटकिय धार्मिकस्थलको रुपमा विकास गर्न रु २ करोड 50 लाख 90 हजार विनियोजन गरेको छु ।
  2. सैनामैना नगरपालिकाको गहनाको रुपमा रहेको सैनामैना खुला संग्राहालय निर्माण तथा व्वस्थापन गरी बुद्धकालीन भग्नावशेषहरुको संरक्षण र सग्रह गर्न संघीय सरकार मार्फत आवश्यक वजेटको व्यवस्था मिलाएको छु ।

 सहकारी तथा उद्यम विकास तर्फ : 

  1. सहकारी संघ सस्थाहरुको संस्थागत सुशासन, क्षमता विकास, कानून तथा सहकारी दिग्दर्शन र सहकारीलाई कोपोमिसमा आवद्ध गर्न तालिमको व्यवस्था, सहकारीको आर्थिक पारदर्शिताको लागि नियमित तथा सघन अनुगमन र सहकारी बिच अनुभव आदान प्रदानका लागि समिक्षा तथा अन्तरक्रिया जस्ता कार्य गर्ने व्यवस्था मिलाएको छु । उपभोक्ताहरुको हितलाई मध्यनजर गरी नियमित रुपमा बजार अनुगमनको प्रवन्ध मिलाएको छु । समग्र सहकारी विकास र बजार अनुगमनका लागि रु ८ लाख विनियोजन गरेको छु ।
  2. अति गरिव परिवारहरुको लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत लघु उद्यमी श्रृजना गरी स्वोरोजगार सिर्जना गर्नका लागि रु १२ लाख विनियोजन गरेको छु ।

  पुर्वाधार बिकास :

  1. नगर भित्र रहेका पार्क, उद्यान लगायतका हरित क्षेत्रलाई व्यवस्थित, सफा र सुन्दर बनाउने कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  2. सार्वजनिक निजी साझेदारीमा निर्माण तथा सञ्चालन हुने योजना तथा कार्यक्रमलाई सुचीकरण गर्न खोज अनुसन्धान गरी बजेटको लागि संघ, प्रदेश र नगरपालिकाको सहलगानीमा सुचारु गर्ने व्यवस्था मिलाएको छु ।
  3. संघ, प्रदेश र स्थानीय तहको एकल वा सहलगानीमा संचालन गरिने वार्षिक योजनामा संघ र प्रदेशबाट स्रोत सुनिश्चितता भएमा मात्र संम्झौताको म्याद थप गर्ने गरी रु ३ करोड बिनियोजन गरेको छु ।
  4. घर नक्सा पास प्रकृयालाई सहज, सरल र व्यवस्थित वनाउन घरनक्साहरुको दर्ता तथा स्वीकृतिलाई विधुतीय नक्सापास प्रणाली (e-BPS) मार्फत सन्चालन गर्न र पुराना घर नक्शाका अभिलेखहरुको डिजिटाइजेशन गर्न बजेट विनियोजन गरेको छु ।
  5. भवन संहिता अनुसार भवन निर्माण गर्न यस नगरमा रहेका डकर्मीहरुलाई आवश्यक तालिम प्रदान गर्ने व्यवस्था मिलाएको छु ।
  6. नगर भित्रका मुख्य सडकहरु मुर्गिया-लुम्बिनी सडक, कलौनी- लुम्बिनी सडक, सैनामैना चक्रपथ, सैनामैना मेजर सडक, सालझण्डी- ढोरपाटन सडक, रानिवगिया- वोलवम सडकजस्ता ठूला तथा महत्वपुर्ण सडकहरुमा वातावरणीय सुन्दरताका निम्ति सुगन्धित सदावहार फुल्ने विरुवा रोपी ग्रीनबेल्ट निर्माण गर्नका लागि रु 15 लाख विनियोजन गरेको छु ।
  7. “उज्यालो शहरः सैनामैनावासीको रहर ” अवधारणा अनुरुप नगरपालिका अन्तरगतका मुख्य तथा सहायक मार्गहरुमा नेपाल विधुत प्राधिकरणसंगको सहलगानीमा रातको समयमा आवतजावतमा सहजता ल्याउन, अप्रिय घटना नियन्त्रण गर्न र शहरी सौन्दर्यता समेत अभिवृद्धि गर्न स्मार्ट सडक वत्ती जडानको लागि रु 40 लाख विनियोजन गरेको छु।
  8. संघ, प्रदेश र नगरपालिकाको सहलगानीमा आवधिक योजनाले परिलक्षित गरेका बोलबम पर्यावरणीय पार्क सम्म पुग्ने सडक, मुर्गिया स्थीत राष्ट्रिय स्तरको फुटबल रङ्गशाला, विभिन्न वडा कार्यालयका थप पूर्वाधार निर्माण, नव प्रबर्द्धनकारी योजना लगायतका ठूला तथा महत्वपूर्ण आयोजनाको लागि रु ६ करोड 58 लाख  बजेट विनियोजन गरेको छु ।
  9. विस्तारै घट्दै गएको भूमिगत पानीको सतह पुनर्भरण गरी माथि ल्याउन तथा पर्यावरण संरक्षण गर्न एक वडा एक पोखरी निर्माण कार्यलाई निरन्तरता दिन र ऐतिहासिक महत्वका कुवाहरुको संरक्षण तथा पोखरीको समेत विस्तार गर्दै सिंचाईलाई समेत टेवा पुग्ने गरी पर्यटकीय प्रवर्धन गर्न रु १३ लाख ५० हजार बजेट विनियोजन गरेको छु ।
  10. स्वस्थ नागरिक, स्वस्थ नगर भन्ने नीतिलाई अंगिकार गरी एक वडा एक खुला व्यायमशाला कार्यक्रमलाई निरन्तरता दिदै वडा नं १ मा निर्माण गर्ने गरी रु १५ लाख विनियोजन गरेको छु  ।
  11. सदियौ देखि बसोवास गर्दै आएका आदिवासी थारु सामुदायहरुको पहिचान, सँस्कति र सँस्कारलाई समेत असर नपर्ने गरी थारु गाउँमा रहेका सडकको दायाँवायाँ ढल निकास र टायल विछ्याउने कार्य मार्फत वातावरणमैत्री उज्यालो नमूना गाउँ कार्यक्रमलाई थप विस्तार गर्न वडा नं १ पर्रोहा गाँउ, वडा नं ५ पोखर भिडवा गाँउ, वडा नं ८ भड्छा गाँउ, वडा नं ११ ताली गाँउ र विचौवापुरमा निरन्तरता दिँदै वडा नं ३ को पर्सवाल गाँउ र  वडा नं ६ को दुधराक्ष गाँउमा थप कार्यक्रम सञ्चालन गर्ने गरी रु 95 लाख विनियोजन गरेको छु ।
  12. नेपाल सरकार र लुम्बिनी प्रदेशको सहलगानीमा वडा नं 3 मा अवस्थित लामीरह वहुउद्देश्यीय वाँध निर्माण, प्रदेश सरकारको सहकार्यमा वडा नं. १ मा प्रदेशस्तरको ज्येष्ठ नागरिक ग्राम निर्माण प्रक्रिया अगाडी बढाउन आवश्यक प्रवन्ध मिलाएको छु  र वडा नं. ९ मा निर्माण भई रहेको यात्रु प्रतिक्षालय, चार्जिङ्ग स्टेशन सहितको रिफ्रेस सेन्टर (पुनर्ताजकी केन्द्र) लाई निर्माण सम्पन्न पश्चात नगरपालिकाबाट सार्वजनिक निजि साझेदारी प्रक्रियाबाट सन्चालन गर्ने प्रवन्ध मिलाउन आवश्यक व्यवस्था मिलाएको छु ।
  13. संघ, प्रदेश र नगरपालिकाको साझेदारीमा निर्माणाधीन औधोगिक ग्राम, गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, सैनामैना संग्राहालय निर्माण प्रक्रिया अगाडी बढाउन बजेटको व्यवस्था मिलाएको छु ।
  14. एसियाली विकास वैंकको सहयोगमा सैनामैना चक्रपथको सालझण्डी खण्डको आगामी आ.व. मा वोलपत्र आव्हान गर्न नगरपालिकाको तर्फबाट व्यहोर्नु पर्ने लागत सहभागीताको लागि रु 2 करोड विनियोजन गरेको छु । साथै राजापानी र पानवारी सिमसार क्षेत्र, मलमला क्षेत्र एकिकृत विकास आयोजना, एकला पहाड स्थित फोहरमैला प्रशोधन केन्द्र जस्ता रणनैतिक महत्वका योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाएको छु ।
  15. विपन्न समुदायका फुस तथा खरका छाना भएका आवासलाई जस्तापाताको छानाले प्रतिस्थापन गर्न रु 20 लाख विनियोजन गरेको छु ।
  16. नगर भित्र रहेका सडकहरु मर्मत गर्न सडक बोर्ड र नगरपालिकाको लागत साझेदारीमा कार्य गर्न एवं मर्मत सम्भार कोषबाट सार्वजनिक पूर्वाधारहरु मर्मत गर्न रु 95 लाख विनियोजन गरेको छु ।
  17. नदीजन्य पदार्थ निकासीबाट प्राप्त हुने राजश्वको कम्तिमा १० प्रतिशत रकम सम्वन्धित वडाको पूर्वाधार विकासमा लगानी गर्ने गरि रु 32 लाख विनियोजन गरेको छु।
  18. नगरपालिकाका पुर्वाधारहरुमा लगानीका विभिन्न वित्तिय उपकरण तथा स्रोत परिचालन गर्न नगर विकास कोषमा नगरपालिकाको शेयर स्वामित्व रहने गरी आवस्यक प्रवन्ध मिलाएको छु ।
  19. रूपन्देही निर्वाचन क्षेत्र नं २ र ५ बाट निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गत प्राप्त हुने रकमबाट नगरको आवधिक योजनाले परिलक्षित गरेका ठुला योजनामा समावेश हुने गरी रु 2 करोड विनियोजन गरेको छु ।
  20. विकेन्द्रिकरणको सिद्धान्त अनुरुप वडावासीलाई सम्वोधन हुने गरी वडामा दिईने पूजिगत अनुदानलाई प्राथमिकता दिई वडा नं १ मा रु ९८ लाख, वडा नं २ मा रु ५० लाख, वडा नं ३ मा रु ५४ लाख, वडा नं ४ मा रु 68 लाख, वडा नं ५ मा रु ६९ लाख, वडा नं ६ मा रु ७४ लाख, वडा नं ७ मा रु ५० लाख, वडा नं ८ मा रु ५० लाख, वडा नं ९ मा रु ५५ लाख, वडा नं १० मा रु ७२ लाख र वडा नं ११ मा रु ६१ लाख गरी कुल रु ७ करोड १ लाख विनियोजन गरेको छु ।

वन वातावरण तथा विपद् व्यवस्थापन :

 दीर्घकालिन फोहरमैला व्यवस्थापनको लागि सैनामैना नगरपालिका वडा नं. १० स्थित एकला पहाडमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँ पालिकाको सहकार्यमा अन्तर स्थानीय तह संयुक्त फोहारमैला प्रशोधन केन्द्र निर्माण गर्न संघीय सरकारबाट जग्गा भोगाधिकार लिइ निर्माण गर्न रु. 1 करोड 50 लाख विनियोजन गरेकोछु ।

  1. सैनामैना ९ मा अस्थाई रुपमा सञ्चालन भईरहेको फोहोरमैला व्यवस्थापन कार्यलाई थप व्यवस्थित बनाउदै स्थानीय वासीहरुलाई सक्रिय सहभागीता गराई स्थानीय उपभोक्ता समितिबाट फोहोर पुर्ने कार्य र घर घर बाट फोहोर उठाउने कार्यको लागि फोहोर मैला व्यवस्थापन कोषमा रु 40 लाख विनियोजन गरेको छु ।
  2. वायोग्यास/विद्युतिय चुलो/सुधारीएको चुलो/ सौर्य उर्जा लगाएतका नविकरणीय उर्जा प्रविधि जडान गर्न रु 8 लाख विनियोजन गरेको छु ।
  3. आगलागीबाट हुने मानवीय जनधनको क्षतिलाई समयमै नियन्त्रण गर्न चार पालिका अन्तर्गत सैनामैना नगरपालिका, कञ्चन, गैडहवा र सुद्धोधन गाउँपालिकाको संयुक्त प्रयास र आर्थिक सहयोगमा अन्तर स्थानीय तह विपद् व्यवस्थापन तथा वारुणयन्त्र सञ्चालन समिति गठन भई वारुणयन्त्र सञ्चालन भईरहेकोमा सो को लागत सहभागीताको लागि रु ५ लाख विनियोजन गरेको छु ।
  4. समृद्धिका लागि वन परियोजना अन्तरगत निजी तथा सार्वजनिक जग्गामा कृषि वन प्रणालीमा आधारित वृक्षारोपण गरी जल तथा माटो संरक्षणका लागि कार्यक्रमहरु सञ्चालन, समुदायमा आधारित वन व्यवस्थापन समुहहरुलाई वन क्षेत्र भित्र डालेघाँस एवं गैरकाष्ठ वन पैदावारहरुको व्यवस्थापन गर्न र पशु पालन सम्वन्धी तालिमको साथै सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्वन्धी क्षमता विकास कार्यक्रमको लागि रु. ३७ लाख विनियोजन गरेकोछु ।
  5. राष्ट्रिय राजनीतिमा अमुल्य योगदान पुर्याउनु भएका स्व. विपि कोईराला र स्व. पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा तारवार सहितको वृक्षारोपणको लागि रु 3 लाख बिनियोजन गरेको छु ।
  6. बढ्दो विपद्जन्य जोखिम न्यूनीकरणका लागि विद्यालयका शिक्षक र विद्यार्थीलाई भवन मापदण्ड तथा सडक सुरक्षा उपायहरु सहित ट्राफिक शिक्षा अभिमुखिकरणको व्यवस्था मिलाएको छु ।
  7. चुरे क्षेत्रको संरक्षण तथा संवर्धन गर्न नगरपालिका, सामुदायिक वन र राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको सहकार्यमा चुरे पहाडको फेदमा तारजाली गर्ने र भिरालो जमिनमा बाँस, निगालो, अम्रिसो, केतुकी लगायतका बिरूवा रोप्नेकार्यलाई निरन्तरता दिएको छु ।

 

  1. विपद् न्यूनिकरणको लागि पूर्व तयारीमा जुटौ भन्ने अभियानलाई साकार पार्न विपद् व्यवस्थापन समितिलाई थप प्रभावकारी बनाउदै जलवायु उत्थानशीलता सहितको विपद् पूर्व तयारी, जोखिम आँकलन, जोखिम पूर्व चेतावनी, विपद् प्रतिकार्यको तयारी तथा विपद् न्यूनीकरण र पुनर्लाभका क्रियाकलापहरु नेपाल रेडक्रस सोसाईटी अन्तरगत सन्चालन हुने SUPER परियोजना र नगर पालिकाको सहलगानीमा संचालन गर्ने व्यवस्था मिलाएको छु । विपद तर्फ सहलगानी गर्न र उल्लेखित विपद सम्बन्धी अत्यावश्यक सेवा सञ्चालन गर्ने गरी विपद व्यवस्थापन कोषमा  रु 40 लाख बजेट विनियोजन गरेको छु ।

 

सुशासन तथा सेवा प्रवाह : 

  1. आ.व. 079/080 देखि नगरपालिकाबाट गरिने खर्चका भुक्तानीहरु अनलाइन प्रणाली मार्फत गर्ने व्यवस्था गरिएको र नगरपालिका अन्तरगतका वडा कार्यालय तथा स्वास्थ्य चौकीहरुमा सेवा प्रवाहलाई सहज वनाउनका लागि फ्री-वाईफाई, कर प्रणालीलाई सहज, सुलभ, पारदर्शी, छिटो छरितो, चुस्त दुरुस्त र प्रभावकारी वनाउने व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  2. नगरपालिकाको हरेक क्षेत्रको विकासका लागि चाहिने स्थानीय सरकार व्यवस्थापन सूचना प्रणालि (LGMIS) सफ्टवेयर जडान गर्ने र गुगल बेस्ड डिजिटल हाउस नम्बरीङ् कार्यको लागि बजेट विनियोजन गरेको छु ।
  3. टोल बिकास संस्थाहरुले पुर्याउदै आएको योगदानको उच्च मुल्याङ्कन गर्दै टोल बिकास संस्थालाई दिदै आएको अनुदानको लागि रु 24 लाख विनियोजन गरेको छु ।
  4. नगरपालिकालाई पूर्ण सरसफाई कायम गर्न आ-आफ्नो टोलमा सरसफाई गर्न टोल विकास संस्थालाई परिचालन गरिनेछ । नगरपालिका भित्रका खानेपानी तथा सरसफाई संस्थाहरुको आम्दानीको 10 प्रतिशत रकम सरसफाइको क्षेत्रमा लगानी गर्ने गरी सम्वन्धित वडा कार्यालयसंगको समन्वयमा उक्त रकम सरसफाई क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाएको छु ।
  5. नगरपालिकाबाट प्रदान भै रहेको शिक्षा, स्वास्थ्य, पुर्वाधार, विपद् जोखिम न्यूनीकरण, प्रशासनिक सेवाहरुलाई गुणस्तरको चरणवद्ध परीक्षण गरी अन्तरराष्ट्रिय गुणस्तर मान्यता (ISO) प्रदान गर्न बजेटको व्यवस्था मिलाएको छु ।
  6. राज्यको चौथो अंगको रुपमा मानिने मिडिया जगतलाई परिचालन गरी स्थानीय रेडियो तथा टेलिभिजन मार्फत जनतासंग जनप्रतिनिधि, हाम्रो सैनामैना राम्रो सैनामैना जस्ता रेडियो, टेलिभिजन कार्यक्रम, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण तथा सार्वजनिक परीक्षण जस्ता कार्यक्रम र स्थानीय रेडियो तथा टेलिभिजनबाट वार्षिक सूचना प्रसारणलाई निरन्तरता दिई पारदर्शिता र जवाफदेहीता कायम गर्न रु. २1 लाख 50 हजार विनियोजन गरेको छु ।
  7. न्यायिक समितिका पदाधिकारी, नगर कार्यपालिकावाट प्रत्येक वर्ष सूचिकृत मेलमिलापकर्ता तथा सहजकर्ताहरुलाई मेलमिलाप सम्बन्धी पुर्नताजगी तालिम प्रदान गरी नागरिकहरुलाई न्यायको सुनिश्चितता गराई न्यायिक समिति मार्फत विवादहरु कम खर्चिलो तथा छिटो र छरितो रुपमा निरुपणका लागि रु. 8 लाख 20 हजार विनियोजन गरेको छु ।
  8. नगरपालिकामा कार्यरत करार कर्मचारीको सेवा करारलाई निरन्तरता दिदै हाल सामाजिक सुरक्षा कोषमा आवद्ध भएका कर्मचारीहरुलाई निरन्तरता दिन रु ३० लाख विनियोजन गरेको छु।
  9. कर्मचारीहरुलाई आफ्नो काम प्रति जिम्मेवारी र उत्तरदायी बनाउदै उत्प्रेरीत गर्न नगरपालिकाबाट प्रदान गरिदै आएको प्रोत्साहन भत्तालाइ पुनरावलोकन गरी वस्तुनिष्ठ र कार्य सम्पादन सूचकमा आधारित बनाउने गरी आवश्यक बजेट विनियोजन गरेको छु ।
  10. नगरपालिकाको सङ्गठन संरचना पुनरावलोकन गरी जनशक्ति पूर्ति गर्ने कार्यलाई प्राथमिकता दिएको छु। नगरपालिकाको स्वीकृत दरबन्दीमा करारमा पूर्ति गर्ने बाहेकका सबै पदमा स्थायी पदपूर्ति गर्ने र सेवा प्रवाहलाई विकेन्द्रित गरी छिटो, छरितो, चुस्त, दुरुस्त र पारदर्शिता अवलम्बन गर्ने व्यवस्था गरेको छु ।
  11. जनप्रतिनिधि, नगरपालिका अन्तरगतका कर्मचारी र बैंकका कर्माचारीलाई सामाजिक सुरक्षा तथा पंन्जिकरण सम्वन्धी तालिम प्रदान गर्न, ८० वर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता तथा असक्त भएका लाभग्राहीहरुलार्इ बैंकमार्फत घरमै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था  मिलाउन, घटना दर्ता अभियान संचालन गर्न, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागसंग समन्वय गरी छुट डिजिटाइजेसनलाई पूर्णता दिन र सेवा प्रवाहलाई सहज र सुलभ गराउन संघीय सरकार मार्फत रु ९ लाख २४ हजार र नगरपालिकाबाट थप समेत गरी एम.आइ.एस. सेवा ईकाइ सन्चालन गर्न जम्मा रु.१6 लाख 67 हजार 7 सय 74 विनियोजन गरेको छु ।
  12. 68 वर्ष माथिका ज्येष्ठनागरिक, दलित ज्येष्ठनागरिक, एकल महिला, विधवा महिला, अपाङ्ग, लोपोन्मुख आदिवासी जनजाति र दलित वालवालिकाले पाउने सामाजिक सुरक्षा भत्ताको लागि संघीय सरकार मार्फत रु. 2८ करोड विनियोजन गरेको छु ।
  13. करको दायरामा सम्पूर्ण पेशा व्यवसायीहरुलाई आवद्ध गराई राजश्व असुलीमा तिव्रता ल्याउन राजश्व अनुगमन सम्वन्धी कार्यविधि, २०७९ बमोजिम नगर एवं वडास्तरीय राजश्व अनुगमन तथा लगत संकलन गर्न रु. 20 लाख रकम विनियोजन गरेको छु ।
  14. फुस तथा छाप्रोको घरमा जीवन निर्वाह गरी गुजारा गर्ने घरपरिवारहरुलाई सम्पत्तिकर तथा भुमिकर, बहाल विटौरी र पूर्वाधार विकास शुल्कमा सत प्रतिशत छुटदिने व्यवस्था मिलाएको छु ।
  15. सटरमा सन्चालित व्यवसाय वाहेक जुत्ता, चप्पल, छाता सिउने, मर्मत गर्ने, बुट पोलिस लगाउने र मकै पोलेर जीवन निर्वाह गर्ने व्यवसायीहरुलाई व्यवसायकर र फुसको घरमा जीवन निर्वाह गरी गुजारा गर्ने घरपरिवारहलाई सम्पत्ति करमा छुट दिने व्यवस्था मिलाएको छु ।
  16. आ.व ०८०/०८१ को पहिलो चौमासिक भित्र व्यवसाय कर, वहाल कर, सम्पत्ति कर, मालपोत तथा भूमिकर, बहाल विटौरी र पूर्वाधार विकास शुल्क एक मुस्ट बुझाएमा १० प्रतिशत छुटदिने व्यवस्था मिलाएको छु।
  17. नगरपालिकाबाट भएका आय ठेक्कामा ठेक्का सम्झौता अघि एकमुष्ट रुपमा रकम वुझाएमा १० प्रतिशत छुट दिने व्यवस्था मिलाएकोछु ।

नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षता,सभा सचिब जनक थापा,पुर्वमेयर चित्र बहादुर कार्की,नगरसभा सदस्य,राजनितिक दल,संघस्था तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित