रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

सिद्धार्थनगरको बजेट एक अर्ब १३ करोड

आर्थिक वर्ष २०८०–०८१ का लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले एक अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपप्रमुख उमा अधिकारीले आइतबार भैरहवामा आयोजित पालिकाको १३औं अधिवेशनमा उक्त आकारको बजेट नगरसभामा प्रस्तुत गरेकी हुन् । आगामी बजेट चालु आर्थिक वर्ष भन्दा २१ करोडले कम हो । चालु आर्थिक वर्षमा १ अर्ब ३४ करोड आम्दानी हुने लक्ष्य राखिए पनि ९४ करोड मात्र आम्दानी भएकाले बजेटको आकार घटाउनु परेको अधिकारीले जनाइन् ।

बजेट प्रस्तुत गर्दै अधिकारीले संघीय सरकारबाट समानीकरण अनुदानमा १७ करोड ८९ लाख, सशर्त अनुदानमा २८ करोड ५४ लाख, समपुरक अन्दान ८० लाख रुपैयाँ, विशेष अनुदान ९० लाख रुपैयाँ र राजस्व बाँडफाँडमा १० करोड ४३ लाख ४६ हजार आम्दानी हुने नगरपालिकाको प्रक्षेपण रहेको जनाइन् । यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३७ लाख ३३ हजार, सशर्त अनुदान ८६ लाख ५० हजार रुपैया, राजस्व बाँडफाँडबाट ८६ लाख ८० हजार ४ सय १३ रुपैयाँ, समपुरक अनुदान १ करोड ५० लाख रुपैयाँ नगरपालिकाले जनाएको छ ।

नेपाल सरकार र एसियाली विकास बैंकको संयुक्त लगानीमा संचालन हुने परियोजनाको लागि दातृ निकायबाट प्राप्त हुने १३ करोड ४० लाख, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्व बाँडफाँडको रकम ५ करोड रुपैया, आन्तरिक आयबाट १९ करोड ९५ लाख र अनुमानित बैंक मौज्दात ११ करोड ८९ लाख ३२ हजार ५ सय ८७ रुपैयाँ गरि १ अर्ब १३ करोड ४१ लाख ४२ हजार हुने अनुमान गरिएको छ । यस्तै सिद्धार्थनगर नगर पालिकाको १३ औ अधिवेशनमा नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टुक्रे एवम् साना योजनाहरुलाइ निरुत्साहित गर्ने नीति अपनाइएको जनाए ।

‘कृषि, पर्यटन, उद्योग, व्यापार र शिक्षास हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ भन्ने नारासहित नगरपालिकाको दीर्घकालिन सोचलाई साकार पार्ने गरि पालिकाले नीति लिएको जनाएको छ । नगरपालिकामा सुशासन कायम गर्दै सर्वाङ्गिण क्षेत्रको संस्थागत विकासमा जोड दिईने, कृषिको आधुनिकीकरण, सहकारी क्षेत्रको सुशासन, पर्यटन र उद्योग–व्यापार क्षेत्रको विस्तार र विविधीकरणमा जोड दिईने नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच र गुणस्तर अभिवृद्धि गर्दै समावेशी विकासमा जोड एवम दिगो विकास, वातावरण मैत्री कार्यक्रम तथा वातावरण संरक्षणमा जोड दिइने नगर प्रमुख खानले बताए ।

नगरका गौरवका योजनाहरु, बहुवर्षीय, क्रमागत योजनाहरु र अन्य आधारभूत पूर्वाधार निमार्ण मार्फत सन्तुलित र गुणस्तरीय विकासमा जोड दिइने उनको भनाइ छ । सार्वजनिक भएको १ सय ३३ बुंदे नीति तथा कार्यक्रममा नगरपालिका क्षेत्रभित्र पर्यटकलाई आकर्षित गर्न आधुनिक घण्टाघर निर्माण गरिने उल्लेख छ । नगरक्षेत्र भित्र सार्वजनिक सडकमा पार्किङ्गको ठेक्का नलगाउने पालिकाको नीति छ । निजी क्षेत्र समेतको सहभागीतामा पार्किङ्गको लागि नविनतम विकल्पहरुको खोजी गरिने तथा सेवाग्राहीको चाप बढि हुने संघ संस्थाले आफै पर्किङ्गको ब्यवस्था गर्नुपर्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित