प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते                
समाचार :

लुम्बिनी साँस्कृतिकले ल्यायो ८२ करोड ९९ लाखकाे बजेट

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो ।

जसमा संघको समानीकरण अनुदान तर्फ १७ करोड एकतिस लाख,सशर्त अनुदान तर्फ ३४ करोड ३२ लाख राजश्व बाँडफाड तर्फ १४ करोड ४१ लाख ९७ हजार समपुरक अनुदान तर्फ १ करोड तिस लाखको अनुमान गरिएको छ ।

यस्तै,प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड ३१ लाख ६७ हजार शर्सत अनुदान १ करोड ११ लाख ५० हजार,राजश्व बाँडफाड तर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार,प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख रहेको छ ।

साथै,गत वर्षको अल्या बैँक मौज्दात ३ करोड,सडक बोर्ड तर्फ ४० लाख गरि आगामी वर्ष २०८०÷०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

आ.व २०७९÷०८०को असार १० गते सम्म आईपुग्दा कुल बजेटको ४५.१३ प्रतिशत पुँजीगत खर्च र ७६.७८ प्रतिशत चालु तर्फ खर्च भएको जनाईएको छ ।

नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागी प्र्रस्तुत गरेको निति तथा कार्यक्रम पारित भएको छ ।नगरपालिका मेयर सजरुद्धिन मुसलमानले प्रस्तुत गरेको निति कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,पुर्वाधार,धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिईएको उल्लेख छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित