बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

लुम्बिनी बजेट: निश्चित सञ्चार माध्यमलाई पहुँचका आधारमा बजेट

लुम्बिनी प्रदेश सरकारले केही निश्चित सञ्चार माध्यमलाई पहुंचका आधारमा बजेट विनियोजन गरेको पाइएको छ ।

आर्थिक बर्ष ०८०÷०८१ को बजेटमा केही सञ्चारमाध्यमका लागि पहुंचका आधारमा डेढ करोड बढि रकम दिन लागिएको छ । यसरी दिन लागिएको रकम सञ्चार उपकरण खरिद, क्षमता अभिबृद्धि र कार्यालय व्यवस्थापनका नाममा दिन लागिएको हो ।

दाङ तुल्सीपुर ५ मा रहेको अग्रिम साप्ताहिकलाई सञ्चार सामाग्री खरिदका लागि १० लाख र उपकरणका लागि १० लाख गरी २० लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेश टुडे दैनिक दाङ तुल्सीपुरलाई क्षमता अभिबृद्धि र सामाग्री खरिदका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी रेडियो मिसनको स्तरउन्नतीका लागि ४ लाख, लाईभ दाङ डटकमका लागि सञ्चार सामाग्री खरिदका लागि ५ लाख, सिंग्नल मिडिया नेटवर्क बुटवल ९ का लागि ५ लाख रुपैयां बजेट विनियोजन भएको छ ।

रेडियो जलजलाको सञ्चार सामाग्री र कार्यालय व्यवस्थापनका लागि १५ लाख बजेट विनियोजन भएको छ ।

रेडियो सुर्यमुखी रुन्टीगढीका लागि १० लाख बजेट विनियोजन भएको छ । यसैगरी रेडियो बुद्ध आवाज, मायादेवी, बुद्ध आवाज रेडियोका लागि उपकरण खरिदका लागि १० लाख, नेपाल मिडिया नेटवर्कका लागि १० लाख बजेट विनियोजन भएको छ ।

यसैगरी मानव अधिकार सूचना तथा सञ्चार केन्द्रलाई १० लाख सामुदायिक सञ्चार माध्यम उपकरण खरिदका लागि ५० लाख रुपैयां बजेट विनियोजन भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित