दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

भन्सारमा कडाई हुँदा सीमा क्षेत्रका भारतीय ब्यापारी भने आक्रोसित

रुपन्देहीको बेलहिया नाकामा कडाई गरिएको छ । भन्सारमा कडाई हुँदा नेपाली उपभोक्ताममा निर्भर सीमा क्षेत्रका भारतीय ब्यापारी भने आक्रोसित छन् । उनीहरुले दूताबासमा गुहार गर्नेदेखि नाका बन्द गर्नेसम्मको चेतावनी दिइरहेका छन् ।

नेपाली उपभोक्ताको चापले दिनप्रतिदिन सीमावर्ती भारतीय बजार गुल्जार बन्दै गर्दा स्वदेशी स्थानीय बजार भने धरासायी थियाे । त्यसैले अहिले रुपन्देहीका सीमा क्षेत्रमा गरिएको कडाईलाई निरन्तरता दिनुपर्ने माग छ । ‘यसले व्यवसायी र मुलुक सबैलाई फाइदा पुग्छ ।

बिना भन्सार भित्रिने सामानलाई भन्सार तिराउने कार्यक्रम निकै प्रभावकारी बनेपछि त्यसलाई बिथोल्न विभिन्न गलत आरोप हामी नेपाली व्यवसायीमाथि लगाउन थालिएको छ’, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘यस कार्यक्रमलाई बिथोल्न उनीहरुले नेपाल भारतमा आवत जावत गर्नमै बाधा हुन थालेको भनेर राजदुतावासमा गलत पत्राचार गरिएको छ ।’

सामान्य अवस्थामा दैनिक कतिजना नेपाली उपभोक्ता सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार सुनौली र नौतनवा पुग्छन् भन्ने एकीन तथ्यांक कतै छैन । तर सबै उमेर समूहका नेपाली उपभोक्ताको भीड सीमावर्ती भारतीय बजारका गल्ली–गल्लीमा हुन्छ । ‘बिबाह, ब्रतबन्ध जस्ता ठूला कार्यका लागि कार्ड छपाएर नाकामा रहेका भन्सार कर्मचारीलाई देखाउँदै एउटै परिवारले लाखौंका सामान किनमेल गर्छन् ।

रुपन्देहीका सहर र गाउँबस्तीदेखि पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी चितवन, गोरखा, कास्की, बाग्लुङ लगायतका जिल्लाबाट पनि सामान किनमेलका लागि सुनौली जाने हजारौंको संख्यामा भेटिन्छन्’, अध्यक्ष श्रेष्ठले भने, ‘यसरी जानेले विना भन्सार सामान भित्र्याउँदा दैनिक करोड बढी राजश्व गुम्ने गरेको थियो । अहिले रोकिएको छ । त्यसैले भारतीय व्यवसायीले हामीलाई नहुने लान्छाना लगाइरहेका छन् ।’

संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले नेपाली उपभोक्ता आफ्नो पसलमा आउन कम भएपछि र पहिलो जस्तो व्यापार हुन छाडेपछि भारतीय व्यवसायीले विभिन्न मित्थ्या र भ्रामक कुरा गरेर बिथोल्न लागेको जनाए । ‘किनेमेल गर्न भारततर्फ जाने नेपाली उपभोक्तालाई कुनै अवरोध छैन’, उनले भने, ‘यसरी किनमेल गरिएको सामान भन्सार नियम अनुसार १ सय रुपैयाँ भन्दा धेरैको सामान भएमा अनिबार्य भन्सार तिराउनु पर्ने माग हामीले गरेर नियमको कार्यान्वयन गराएका हौं ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित