रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

भन्सारमा कडाई हुँदा सीमा क्षेत्रका भारतीय ब्यापारी भने आक्रोसित

रुपन्देहीको बेलहिया नाकामा कडाई गरिएको छ । भन्सारमा कडाई हुँदा नेपाली उपभोक्ताममा निर्भर सीमा क्षेत्रका भारतीय ब्यापारी भने आक्रोसित छन् । उनीहरुले दूताबासमा गुहार गर्नेदेखि नाका बन्द गर्नेसम्मको चेतावनी दिइरहेका छन् ।

नेपाली उपभोक्ताको चापले दिनप्रतिदिन सीमावर्ती भारतीय बजार गुल्जार बन्दै गर्दा स्वदेशी स्थानीय बजार भने धरासायी थियाे । त्यसैले अहिले रुपन्देहीका सीमा क्षेत्रमा गरिएको कडाईलाई निरन्तरता दिनुपर्ने माग छ । ‘यसले व्यवसायी र मुलुक सबैलाई फाइदा पुग्छ ।

बिना भन्सार भित्रिने सामानलाई भन्सार तिराउने कार्यक्रम निकै प्रभावकारी बनेपछि त्यसलाई बिथोल्न विभिन्न गलत आरोप हामी नेपाली व्यवसायीमाथि लगाउन थालिएको छ’, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘यस कार्यक्रमलाई बिथोल्न उनीहरुले नेपाल भारतमा आवत जावत गर्नमै बाधा हुन थालेको भनेर राजदुतावासमा गलत पत्राचार गरिएको छ ।’

सामान्य अवस्थामा दैनिक कतिजना नेपाली उपभोक्ता सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार सुनौली र नौतनवा पुग्छन् भन्ने एकीन तथ्यांक कतै छैन । तर सबै उमेर समूहका नेपाली उपभोक्ताको भीड सीमावर्ती भारतीय बजारका गल्ली–गल्लीमा हुन्छ । ‘बिबाह, ब्रतबन्ध जस्ता ठूला कार्यका लागि कार्ड छपाएर नाकामा रहेका भन्सार कर्मचारीलाई देखाउँदै एउटै परिवारले लाखौंका सामान किनमेल गर्छन् ।

रुपन्देहीका सहर र गाउँबस्तीदेखि पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी चितवन, गोरखा, कास्की, बाग्लुङ लगायतका जिल्लाबाट पनि सामान किनमेलका लागि सुनौली जाने हजारौंको संख्यामा भेटिन्छन्’, अध्यक्ष श्रेष्ठले भने, ‘यसरी जानेले विना भन्सार सामान भित्र्याउँदा दैनिक करोड बढी राजश्व गुम्ने गरेको थियो । अहिले रोकिएको छ । त्यसैले भारतीय व्यवसायीले हामीलाई नहुने लान्छाना लगाइरहेका छन् ।’

संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले नेपाली उपभोक्ता आफ्नो पसलमा आउन कम भएपछि र पहिलो जस्तो व्यापार हुन छाडेपछि भारतीय व्यवसायीले विभिन्न मित्थ्या र भ्रामक कुरा गरेर बिथोल्न लागेको जनाए । ‘किनेमेल गर्न भारततर्फ जाने नेपाली उपभोक्तालाई कुनै अवरोध छैन’, उनले भने, ‘यसरी किनमेल गरिएको सामान भन्सार नियम अनुसार १ सय रुपैयाँ भन्दा धेरैको सामान भएमा अनिबार्य भन्सार तिराउनु पर्ने माग हामीले गरेर नियमको कार्यान्वयन गराएका हौं ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित