फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य                
समाचार :

लुम्बिनी प्रदेशको बजेट कसलाई कति ?

बुटवल । लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष ०८०÷०८१ के बजेट मध्ये सवैभन्दा बढि बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयले पाएको छ । त्यस्तै सवैभन्दा कम बजेट प्रदेश योजना आयोगले प्राप्त गरेको छ । मन्त्रालयगतमा हेर्ने हो भने कम बजेट आर्थिक मामिला मन्त्रालयले पाएको छ । भौतिक पुर्वधार विकास मन्त्रालयले १३ अर्ब ७७ करोड ८८ लाख ५४ हजार प्राप्त गर्दा सवैभन्दा कम बजेट प्रदेश योजना आयोगले ३ करोड ९२ लाख रुपैयाँ प्राप्त गरेको छ ।
त्यस्तै मन्त्रालय तर्फ कम प्राप्त गरेको आर्थिक मामिला मन्त्रालयले जम्मा १३ करोड रुपैयाँ प्राप्त गरेको छ ।
प्रदेश सभाले ३३ करोड ८८ लाख ३८ हजार प्राप्त गर्दा प्रदेश लोकसेवा आयोगले १० करोड बजेट प्राप्त गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ अर्ब ५९ करोड ७७ लाख ७२ हजार प्राप्त गरेको छ । यसैगरी उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले १ अर्ब ५२ करोड ९७ लाख ७३ हजार बजेट प्राप्त गरेको छ ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले ६७ करोड ३८ लाख ६५ हजार बजेट प्राप्त गर्दा, बन तथा बातावरण मन्त्रालयले भने २ अर्ब ७ करोड २७ लाख १७ हजार रुपैयाँ बजेट प्राप्त गरेको छ ।
यसैगरी खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्रालयले ५ अर्ब ९५ करोड १९ लाख ५२ हजार, सामाजिक विकास मन्त्रालयले २ अर्ब ८८ करोड ७७ लाख ५० हजार, स्वास्थ्य मन्त्रालयले ४ अर्ब ४३ करोड ४४ लाख २ हजार बजेट प्राप्त गरेको छ ।
त्यसैगरी प्रदेश योजना आयोगले ३ करोड ९२ लाख २७ हजार प्राप्त गर्दा अर्थ विविध शिर्षकमा १ अर्ब ३९ करोड ५६ लाख छुट्टाइएको छ । स्थानिय तहलाई ३ अर्ब ५८ करोड ९७ लाख रुपैया बजेट छुट्टाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित