भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

स्थानीय तहलाई फार्मेसी संघको आग्रह: फार्मासिष्टको दरवन्दी सिर्जना होस्

बुटवल । नेपाल फार्मेसी संघ रुपन्देहीले स्थानीय तहहरुलाई फार्मासिष्टको दरवन्दी सिर्जना गर्न आग्रह गरेको छ । औषधिको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्ट हुनुपर्ने बताउँदै त्यसको दरवन्दी सिर्जना गर्न र कार्यान्वयन गर्नको लागि स्थानीय सरकारलाई आग्रह गरेको हो ।
नेपाल फार्मेसी संघ रुपन्देहीको शनिबार सम्पन्न दोस्रो साधारण सभामा बोल्ने फार्मासिष्टहरुले जनस्वास्थ्यसंग जोडिएको औषधीको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्ट हुनु पर्ने बताउँदै त्यसको लागि स्थानीय सरकारले कामको थालनी गर्नुपर्ने बताएका थिए । नेपाल फार्मेसी संघले ‘जहाँ औषधि त्यहाँ फार्मासिष्ट’ भन्ने विषयलाई मुल मुद्धा बनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले संघले सुरुदेखि नै ‘जहाँ औषधि, त्यहाँ फार्मासिष्ट’ मुल मुद्धा उठाउँदै आएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताए ।
उनले जनस्वास्थ्यसंग जोडिएको औषधिको विक्रि वितरणमा फार्मासिष्ट अनिवार्य हुनुपर्ने बताउँदै स्थानीय तहलाई दरवन्दी सिर्जना गर्न र निजी संस्थाले पनि फार्मासिष्ट राखेर काम गर्न आग्रह गरे ।
सरकारी तथा निजी क्षेत्रले यो कदम लिँदा आम रुपमा पनि राम्रो सन्देश जाने र फार्मासिष्टको वेरोजगारी तथा अर्धवेरोजगारी समस्या पनि समाधान हुन सक्ने नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेश सेढाई बताए ।
‘जहाँ औषधी, त्यहाँ फर्मासिस्ट’ भन्ने मर्म अनुरूप हरेक स्थानीय तहको औषधी वितरण कक्षमा फार्मासिस्टहरूको दरबन्दी कायम नभएको, फर्मासिस्ट वेरोजगार बस्नु परेको, फार्मेसी काउन्सिलको लाईसेन्स दुरुपयोग, कार्यदक्षता अभिबृद्धिका लागि तालिमको अभाव लगायतका समस्या रहेको बताउँदै उनले यो समस्या समाधानका लागि सरकार पनि गम्भिर बन्नुपर्ने भनाई राखे ।
‘जहाँ औषधी, त्यहाँ फर्मासिस्ट’ भन्ने मूल नारा सहित २०७२ सालमा नेपाल फार्मेसी संघ स्थापना भएको थियो भने २०७३ मा प्रदेश समिति र २०७८ सालमा रुपन्देही जिल्ला शाखा गठन गरिएको संघका रुपन्देही महासचिव उदय खत्रीले बताए । यो संस्थाले स्थापनाकाल देखि नै फर्मासिष्ट तथा सहायक फर्मासिष्टहरूको व्यवसायिक तथा पेशागत हकहित र संरक्षणको लागि पहल र पैरवी गर्दै आएको उनले जानकारी गराए ।
साधारण सभा तथा अधिवेशनमा नेपाल फार्मेसी संघ रुपन्देहीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य ध्रुवकुमार शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द्रप्रसाद तिवारी, प्रेस सल्लाहकार तथा नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, सल्लाहकारहरु सभ्यता खनाल, भोजराज बस्याल, पाल्पा जिल्ला अध्यक्ष सुर्य बस्याल, कपिलबस्तु जिल्ला अध्यक्ष रमेश शर्मा, रुपन्देहीका सामुदायिक विभाग संयोजक गणेश भण्डारी, कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष चोकलाल सापकोटा, उपाध्यक्ष भरत गिरी लगायतले फार्मासिष्टहरुको पेशागत हकहितको लागि जुटेर लाग्नुपर्ने भनाई राखेका थिए ।
साधारण सभामा अध्यक्ष गणेश सेढाईले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, महासचिव उदय खत्रीले प्रस्तुत गरेको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष सुशिला वञ्जाडेले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित भएको छ ।

प्रेस सल्लाहकार नेपाललाई सम्मान
नेपाल फार्मेसी संघ रुपन्देहीले संघका प्रेस सल्लाहकार कविन्द्र नेपाललाई सम्मान गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा निर्वाचित हुनु भएकोमा संघका सल्लाहकार नेपाललाई सम्मान गरिएको हो । संघको दोस्रो साधारण सभामा उहाँलाई संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका जिल्ला अध्यक्ष गणेश सेढाईले सम्मान पत्र प्रदान गरे ।
त्यसै अवसरमा संघमा रिक्त सदस्य पदमा महेश पाण्डे, सुवास ज्ञवाली र गुञ्जन ढकाललाई मनोनित गरिएको छ । त्यसैगरी विभागीय संयोजकमा उद्योग फार्मासिष्ट विभागको संयोजकमा रविन भण्डारी, सामुदायिक फार्मेसी विभागको संयोजकमा गणेश भण्डारी तथा पालिका संयोजकहरु पनि मनोनित गरिएको छ । मनोनित गरिएका कार्यसमिति सदस्य, विभागीय संयोजक तथा पालिका संयोजकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित