रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

जनकल्याण बचत तथा ऋण सहकारी संंस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

जनकल्याण बचत तथा ऋण सहकारी संंस्था लि. बुटवल ०६,रुपन्देहीले नयाँगाऊँ सेवाकेन्द्र स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
रक्तदान जिवनदान भन्ने मुल नाराका साथ सहकारीले बुटवल उपमहानगरपालिका वडा नं.१३,नयाँगाऊँ चोकमा राष्ट्रिय सहकारी महासंघका संचालक, जिल्ला सहकारी संघ लि.,रुपन्देही र संस्थाका संस्थापक अध्यक्ष भिम प्रसाद तुलाचनकाे प्रमुख अातिथ्यता तथा संस्थाका उपाध्यक्ष तथा सेवाकेन्द्र संयोजक डिल्लीराज अर्यालको संयोजकत्वमा रक्तदान कार्यक्रम आयोजना गरेको हाे ।

रक्तदान कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तुलाचनले सहकारीले सामाजिक उत्तरदायित्वको कार्य गरेकोमा कार्यक्रमको सफलता सँगै धन्यवाद ज्ञापन गर्दै बर्तमान अवस्थामा सहकारी क्षेत्रमा निती विधीको प्रतिकुल कार्य गर्ने र दिर्घकालिन सोँच नभएका संस्थाहरुले अनियमित रुपमा वित्तिय कारोबार गर्दा संस्था डुब्ने र सदस्यहरुको रकम हिनामिना हुने अवस्था सिर्जना भएको भन्दै स्थानिय संचालकहरु द्धारा संचालित संस्थामा बुझेर सदस्य बन्न र कारोबार गर्नुहुन समेत सुझाव दिए ।

सहकारी संस्थाका अध्यक्ष सुरज भट्टराईले सामाजिक कार्य अन्तर्गत भएकाे याे कार्यक्रमलाइ अागमी बर्षहरुमा पनि निरन्तरता दिने बताए ।

कार्यक्रम संयोजक डिल्लीराज अर्यालले स्वागत मन्तव्य संस्थाक सचिव यादव प्रसाद भण्डारीको संचालन रहेको कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष कल्पना थापा,जन प्रतिनिधी झविन्द्र थापा, सल्लाहकार कृष्ण प्रसाद पाण्डे लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

रक्तदान कार्यक्रममा ४७ पिन्ट रगत संकलन भएको संस्थाका व्यवस्थापक रवि ज्ञवालीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित