‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

राजश्वमा आँखाः बेलहिया नाकामा सय रुपैयाँको सामानमा पनि भन्सार उठाउन थालियो

बुटवल । भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउंदा स्वदेशी बजार र राजस्व समेत सुक्दै गएपछि बेलहिया सीमा नाकामा कडाइ गर्न थालिएको छ ।

सीमावर्ती बजारमा हुने अवैध कारोवारलाई निरुसाहित गर्न रूपन्देहीको बेलहिया नाकामा १०० रूपैयांभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको छ ।

घरायसी प्रयोजनका लागि सामान किन्न भन्दै दैनिक हजारौं नेपाली सीमावर्ती भारतीय सुनौली बजार पुग्ने गर्छन । भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्व र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेपछि सीमा नाकाहरूमा कडाइ शुरू गरिएको हो ।

भन्सार कडा गरिएपछि नेपालहरुले भने यसमा खासै चित्त बुझाएका छैनन् । ‘देशमा ठुला कन्टेनर समेत मिलेमतोमा भन्सार कटाईन्छ । तर घरयासी प्रयोजनका लागि ल्याएको सामानमा अहिले भन्सार तिर्नुपर्छ भन्ने त्यति जायज होईन’ बेलहियामा किनमेलका लागि गएकी बुटवल सुख्खानगरकी सिर्जन थापाले भनिन् ।

उनले अहिले पनि लुम्बिनी क्षेत्रका अन्य साना नाकाबाट दैनिक लाखौको सामान विना भन्सार आउने गरेपनि जनतालाई दुःख र हैरानी दिन दैनिक उपभोग्य सामानमा भन्सार तिर्न बाध्य पारिएको बताए ।

सैनामैना मुर्गियाबाट बेलहिया बजार गर्न गएका अर्जुन सोमेले पनि भन्सारका कर्मचारीले अहिले सानो रकमका सामान खरिद गर्दा पनि दुःख दिने गरेको बताए ।

नेपालीका गुनासा आएपनि भन्सारमा भने नियमन अनुसार भन्सार दर तिर्नुपर्ने बताउँदै आएका छन् । नेपालमा एक सय रूपैयांभन्दा बढी मूल्यका कुनै पनि सामान आयात गर्दा अनिवार्य भन्सार महसूल तिर्नुपर्ने कानूनी प्रावधान छ । तर, व्यावहारिक पक्ष भन्दै यसअघि यो नियम कडाइका साथ कार्यान्वयन गर्ने गरिएको थिएन ।

भन्सार नतिरी सामान भित्रिन नदिन रूपन्देहीको भैरहवा भन्सार कार्यालय, बेलहिया नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारमा कार्यरत कर्मचारी कडाइका साथ खटाइएको छ । भन्सार शुल्क तिर्नेको लाइन देखिन थालेको छ । उनीहरूले पारीबाट किनमेल गरी फर्केकालाई भन्सार प्रज्ञापनपत्र कटाएर भन्सार तिराउने गरेका छन ।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भारतीय बजारबाट किनमेल गरी फर्किनेलाई भन्सार तिरेर मात्र छाडिएको बताए । भरतको सुनौली बजारमा गएर दैनिक २ करोड रूपैयांसम्म सामान नेपालीले किनमेल गर्ने गरेको निजी क्षेत्रको दाबी छ ।

रूपन्देहीको भैरहवा नाका नेपालकै दोस्रो ठूलो भन्सार नाका हो । दैनिक उपभोग्य सामानदेखि विवाह, ब्रतबन्ध, पूजाआजाका लागि समेत गुल्मी, पाल्पा, अर्घाखाँची लगायत जिल्लाबाट नेपालीहरू दैनिक जाने गर्छन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सीमा नाका चेकजाँचमा कडाइ सकारात्मक कार्य भएको बताए । उनले यो कार्यले स्थानीय बजार चलायमान हुनुका साथै देशको समग्र अर्थतन्त्रमा समेत प्रभाव पर्ने दाबी गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित