‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी

सुनौलो बहुउद्देश्यीय सहकारी संस्थाले किस्ताबन्दीमा बचतकर्ताहरुको बचत रकम भुक्तानी गर्न सुरु गरेकाे छ । अत्यन्त न्युन आय भएका सर्वसाधारणको बचत रकम भुक्तानी दिन आनाकानी गरेको सहकारीले अन्नतत भुक्तानी गर्न सुरु गरेकाे हाे ।
सहकारीकी ब्यवस्थापक सृजना तामाङ बचतकर्ताको रकम भुक्तानी गर्न सुरु गरिएकाे बताइन ।


एक हजार ९ सयको चेक भुक्तानीमा आनाकानी गरेपछि बचतकर्ताको घेराउमा परेकी तामाङले बचतबाट संकलन भएको रकम मसलन्धमा खर्च भएको, संचालकको नाम थाहा नभएको, दर्ता कागजात अद्यावधिक नभएको जवाफ दिएपछि आक्रोशित बचतकर्ताले तामाङलाई प्रहरीमा बुझाएर दर्ता अधिकारी कार्यालयमा उजुरी दिन पुगेका थिए ।

प्रहरीको समन्वयमा दाङ चलान गरिएकी तामाङलाई दर्ता अधिकारी भिमप्रसाद तिवारीले यथासिघ्र बचत रकम भुक्तानी नगरिए ठगी अभियोगमा मुद्दा चलाउन पत्राचार गरेसँगै प्रहरी समक्ष उनले भुक्तानी गर्ने सहमति जनाएकी हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित