भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

गणतन्त्र दिवसको अवसरमा सियारीमा बृक्षारोपण

गणतन्त्र दिवसको अवसरमा रुपन्देहीको सियारी गाउँपालिकाले बृहत रुपमा बृक्षारोपण कार्यक्रम गरेको छ । गाउँपालिकाले बेथरी बेलबास सडक खण्डको अमुवा क्षेत्रमा नहरको दुवै तर्फ बृक्षारोपण गरिएको हो ।

सडकलाई सुन्दरीकरण गर्ने पालिकाको योजना अनुसार अमुवा टोल बिकास सस्थाको संयोजनामा बृक्षारोपण गरिएको पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले पालिकालाई सुन्दरकरण बनाउने योजना अनुसार बृक्षारोपण शुरु गरिएको बताए ।

अमुवा क्षेत्रबाट शुरु गरिएको बृक्षारोपण कार्यलाई निरन्तरता दिदै बेथरी बेलवास सडक खण्ड अन्तरगत सियारीमा पर्ने सडकको दुबै तर्फ बृक्षारोपण गरी सुन्दरीकरणमा बिशेष ध्यान दिने बताए ।

पालिकाले कल्की, तेजपत्ता, गुलमोहर, धुपि, सुपारी लगाएतका ५०० बिरुवाहरु रोपिएको प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । उनले अमुवा क्षत्रेको झण्डै सवा किलोमिटर क्षेत्रमा बृक्षा रोपण गरिएको र रोपिएका बिरुवाको शंरक्षण स्थानियको सहयोगमा पालिकाले गर्ने उल्लेख गरे ।

अमुवा टोल बिकास सस्थाका अध्यक्ष शिबकुमार अग्रहरीले रोपिएका बिरुवाको शरक्षणमा आफुहरुले बिशेष ध्यान दिने बताए ।

बृक्षारोपण कार्यक्रममा पालिकाका उपाध्यक्ष तारा थारु सहित पालिकाका बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, स्थानिय संघसस्थाका प्रमुख तथा प्रतिनिधि, बैंक तथा बित्तिय सस्थामा प्रतिनिधि, बिद्यार्थी लगाएतको उपस्थितिमा बृक्षारोपण गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित