भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

रुपन्देहीका पेट्रोलपम्प एम्बुस जस्ताः तर अनुगमनमा भेटिदैन कुनै कैफियत

मापदण्ड विपरित रुपन्देहीमा दुई दर्जन भन्दा बढि पेट्रोल पम्पहरु छन् । कतिपय घरभित्रै समेत सञ्चालनमा छन् । एम्बुस जस्ता पेट्रोल पम्पहरु जिल्लामा हुँदा जिल्ला अनुगमन समितिले भने नाम मात्रको अनुगमन गर्दै त्यस्ता पेट्रोल पम्पहरुमा कुनै कैफियत नभएको बताएको छ । जिल्ला अनुगमन समितिले सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा समितिले पेट्रोल पम्पहरुको अनुगमन गरेको थियो।

घरभित्रै, कुनै पनि मापदण्ड पुरा नगरेका पेट्रोल पम्पहरु आँखाले देखेपनि अनुगमन समिति लाचार बन्दै कैफियत केही नदेख्नुमा शंका व्यक्त गरेका छन । सवैलाई थाहा भएकै विषयमा पनि समितिले आँखा चिम्म गरेर कुनै कैफियत नदेख्नुलाई धेरैले अनुगमन समिति प्रलोभनमा परेको हो कि भन्ने आशंका गरेका छन् ।

मापदण्ड विपरीत भन्ने जान्दाजान्दै नियमन निकाय तिनै पेट्रोल पम्पलाई पेट्रोलियम पद्धार्थ दिइरहेको छ।

२०५३ सालअघि सञ्चालनमा आएका पेट्रोल पम्पहरुले अहिलेको मापदण्ड मिट गरेका छैनन्। नयाँ मापदण्ड पूरा नगरी पेट्रोल पम्प सञ्चालन भइरहेको नेपाल आयल निगम भलबारी डिपोले बताएको छ।

राजमार्गसँगै जोडिएका पेट्रोल पम्पहरु कतिपय घरभित्रै र घर नजिकै छन्। यतिसम्म कि, पेट्रोलियम पदार्थ भर्ने सवारी राजमार्गमै रोकिनुपर्छ। बुटवलको भारी आयल स्टोर त्यसको एक उदाहरण हो।

सडक विस्तार हुनुपूर्व सर्भिस लेनमै रहेको सो पम्प अहिले बाटो विस्तारपछि घरभित्र सञ्चालित छ। नजिकै लहरै अरु घरहरु छन्। पम्पका केही दुर्घटना भइहाले नजिकका घर ‘खरानी’ हुने निश्चित छ।

भारी आयल स्टोर मात्र होइन, राजमार्ग चौराहा नजिकै रहेको भैरब आयल स्टोर, पाल्पा बसपार्कमा रहेको ज्योति पेट्रोल पम्प, रामनगरमा रहेको मिलन ब्रदर्स, भैरब पेट्रोल पम्प, गोलपार्कमा रहेको व्यापारिक कर्पोरेसन, घरसँगै जोडिएका छन।

बस्ती नजिकै सञ्चालनमा आएका पम्पहरु धेरै छन्।
पेट्रोलियम पदार्थमा मिसावटको आशंका र केही जनगुनासोका आधारमा केही पम्पहरुमा अनुगमन गरिएको रुपन्देही सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । समितिले चारवटा पम्पमा अनुगमन गरेको जनाएको छ । जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल कार्यालय, नेपाल आयाल निगम, जिल्ला प्रहरी लगायतको संयुक्त टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा गुनासो आएअनुसारको मिसावट, कम मात्रामा तेल विक्री गरेको वा अन्य कुनै किसिमका कैफियत नभेटिएको अर्यालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित