बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

विद्यार्थीका माग सम्बोधन गर्न सिटी क्याम्पस प्रतिवद्ध

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसमा कानूनतर्फ तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले उठाएका माग सम्बोधन गर्न सिटी क्याम्पसले प्रतिवद्धता जनाएको छ । विद्यार्थीहरुले विभिन्न शैक्षिक माग राखी दवावमुलक कार्यक्रम गरिहेका छन् ।
विश्वविद्यालयले एक विज्ञप्ती जारी गरी विद्यार्थीले उठाएका मागहरुमध्ये अधिकांश कार्यान्वयनको चरणमा रहेको जनाउँदै नीतिगत मागहरु समयोवद्ध समाधन गर्ने प्रतिवद्धता जनाएको छ । विद्यार्थीहरुले क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपाने, सहायक क्याम्पस प्रमुख मोहनलाल भण्डारीलाई माग पत्र बुझाएका थिए ।
विद्यार्थीका मागहरु मध्ये केही विश्वविद्यालय केन्द्रीय कार्यालय, केही क्याम्पस प्रशासन तथा केही सम्बन्धित विषय शिक्षकहरु तहबाट समाधान हुने कुरासँग सम्बन्धीत रहेकाले क्रमशः पूरा गर्दै लगिने निमित्त क्याम्पस प्रमुख मोहनलाल भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
‘मागहरु मध्ये कतिपय तत्काल समाधान गर्न सक्ने खालका छन् । कतिपय कार्यान्वयनको चरणमा छन् भने कतिपय कानूनी प्रक्रियाका कारण समय लाग्ने खालका छन् । समग्रमा विश्वविद्यालय विद्यार्थीले उठाएका हरेक जायज शैक्षिक मागहरु पूरा गर्दै जाने पक्षमा छ, विज्ञप्तीमा भनिएको छ ।
विद्यार्थीका मागका सम्बन्धमा मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयलाई बुटवलमा सार्ने प्रक्रिया अघि बढिसकेको विश्वविद्यालयले जनाएको छ । कानून विषयका शिक्षक पदपूर्तिका लागि छनौट चरण चलिरहेको विश्वविद्यालयले जनाएको छ । क्याम्पसमा सञ्चालनरत कार्यक्रमहरुका लागि सम्बन्धित विषय विज्ञहरुमध्येबाट संयोजक नियुक्ति प्रक्रियालाई यथाशक्य चाँडो अघि बढाइने प्रतिवद्धता विज्ञप्तीमा रहेको छ ।
विद्यार्थीहरुले उठाएका मागहरु सिसिटिभी जडान, इन्टरनेट क्षमता अभिवृद्धि, पुस्तकालय व्यवस्थापन, नियमित कक्षा, प्रयोगात्मक अभ्यास लगायतका विषयहरु निरन्तर सम्बोधन गरिने विज्ञप्तीमा उल्लेख छ । चमेना गृह सञ्चालनका लागि प्रस्ताव आह्वान गरी सञ्चालनकर्ता समेत छनौट गरिसकिएको जनाइएको छ ।
विद्यार्थीको हाजिरी विद्युतीय मेसिनबाट गर्ने, शैक्षिक क्यालेण्डर कार्यान्वयन, विद्यार्थी क्लव गठन, महिला विद्यार्थीलाई स्यानेटरी प्याड व्यवस्थापन तथा आराम कक्ष समेत क्याम्पसले व्यवस्थापन गरिसकेको विज्ञप्तीमा उल्लेख छ ।
कानून विषयका लागि अभ्यास अदालत निर्माणको प्रक्रिया थालनी गरिएको जनाइएको छ । क्याम्पसको शैक्षिक वातावरणलाई उत्कृष्ठ बनाउदै सिकाई अभिवृद्धिका लागि विज्ञ व्यक्तिमार्फत हुने पठनपाठनलाई नियमितता प्रदान गरिने क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पसले आन्दोलनका कार्यक्रमहरु स्थगित गरी पठनपाठनमा केन्द्रीत हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ । ‘विद्यार्थीहरुले उठाएका मागहरु निरन्तर सम्बोधन हँुदै जाने केही दिनमा त्यसको परिणाम देखिने विश्वास दिलाउँदै सिटी क्याम्पसमा प्राज्ञिक वातावरण निर्माणका लागि शिक्षक, कर्मचारी, विद्यार्थी सवै पक्षबाट सहयोगको निम्ति हार्दिक अपिल गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित