रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को समिक्षा

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को आयोजानमा बार्षिक प्रगति विवरण तथा समिक्षा कार्यक्रम गरिएको छ । कार्यक्रममा वडाले गरेको एक बर्षको फेरिस्त प्रस्तुत गर्दै वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनीले वडामा निर्वाचित सदस्यहरुले वडाको टोल टोल हेर्ने गरी कार्यक्षेत्र विभाजन नै गरेर काम अगाडी बढाइएको जानकारी दिए ।

उनले भौतिक पुर्वाधार विकास निर्माण, व्यवसाय, सामाजिक संघ संस्था सहित अन्य, खानेपानी व्यवस्थापन , शिक्षा स्वाथ्य सहित अन्य हेर्ने गरी वडा सदस्य, सिता खनाल, हरिहर ज्ञवाली, सविता विक, तुल बहादुर थापा लाई जिम्मेबारी प्रदान गरिए अनुसार काम जारी रहेको बताएका थिए । एक बर्षमा ५३ वटा बैठक बसी विकास निर्माणको काम लाई तिब्रता दिइएको उनको भनाई रहेको छ ।

वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनीले प्रदेश वन मन्त्रालयबाट भाग अनुसारको वडा नं ८ स्थित जे.बि. हरित पार्क निर्माण कार्य १७.५० लाखमा सम्पन्न भएको जानकारी दिए । साथै ०७९÷०५० को बजेटबाट निम्नानुसार कार्यहरु सम्पन्न भएको जानकारी दिए। जसमाप्रगति टोलमा पी. सी. सी. मर्मत १०५.५० मी सम्पन्न भएको जानकारी दिए ।

धर्मसृजना टोलको मुनाल पथमा पिच मर्मत १८६ मी. ग्रिल जाली सहित सम्पन्न भएको ।धर्मजनकल्याण टोलको लुम्बिनी पथमा बाटों पिच मर्मत ८ मी सम्पन्न भएको जानकारी दिए । धर्मजनकल्याण टोलको लुम्बिनी पथमा पि.सी. सि. १०९.५० मि तथा नयाँ नाली ४ मि नाली मर्मत १२७.६० मि सम्पन्न भएको ।धर्मजनकल्याण टोलको शिव पथमा पिच मर्मत १५५ मि. सम्पन्न भएको जानकारी दिए । त्रिशक्ती टोलमा पिच मर्मत २६०.५० नाली १६० मी. सम्पन्न भएको । नवजागरटोलको विवेक मार्ग पिच मर्मत १३७.५० मी. ग्रिल जाली सहित, नयाँ नाली १३ मी. कार्य रनिङ्गमा रहेको लगायतका रहेको प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा प्रदेश योजना आयोगका पुर्व उपाध्यक्ष बामदेव क्षेत्री, भुमि आयोगका जिल्ला अध्यक्ष हरि बहादुर आचार्य क्षेत्री, पुर्व वडा अध्यक्ष भिम प्रसाद श्रेष्ठ, नेकपा एमालेका नारायण प्रसाद घिमिरे, नेपाली काग्रेसका राधेश्याम राज भणडरी,वडा सचिव सुन्दरी आचार्य लगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित