३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

टाईगर रिसोर्ट प्रकरणः प्राइम बैंकको साढे दुई अर्ब लगानी संकटमा

हदबन्दीभन्दा बढी जग्गा र सम्पत्ति देखिएको भन्दै मालपोत कार्यालयले तिलोत्तमा नगरपालिका १७ कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेसकोसबै जग्गा रोक्का गरेको छ ।

त्यस्तै होटलका संरचना सरकारी जग्गामा बनेको भन्दै भत्काउन जिल्ला अदालतले आदेश दिइसकेको छ । मालपोत र अदालतको पेलानपछि होटलमा गरिएको प्राइम बैंकको साढे दुई अर्ब लगानी संकटमा परेको छ ।

५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको रिसोर्टमा प्राइम बैंकले साढे २ अर्ब बढी लगानी गरेको थियो । होटलमा विदेशी कम्पनीले समेत लगानी गरेको छ । त्यसैले होटललाई विवादमा पारेर लगानीकर्तालाई हतोत्साही बनाएको भन्दै व्यवसायीहरुले यसको निष्पक्ष छानबिनको माग गरेका छन् ।

रिसोर्ट सञ्चालन गरेको सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिको नाममा रहेको १३ बिगा १५ कट्ठा जग्गा मालपोत कार्यालयले बिहीबार रोक्का गरेको थियो । यससँगै प्राइम बैंकको लगानी असुली प्रभावित हुने भएको छ ।

मालपोत कार्यालय भैरहवाका प्रमुख कुमार आचार्यले मूल कम्पनी र टाइगर प्यालेसका नाममा रहेको सबै जग्गा प्रारम्भिक छानबिनमा हदबन्दीभन्दा बढी देखिएकाले रोक्का राखेर विस्तृत छानबिन सुरु गरिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित