दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

नेपाल एयरलाइन्स द्वारा जेठ १५ गते देखि गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने तयारी

बुटवल । नेपाल एयरलाइन्स आगामी जेठ १५ (मे २९) बाट गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने तयारी गरेको छ । लामो समयदेखि गृहकार्य गरिरहेको निगमले अब भने भैरहवालाई दिल्ली र मलेसियासंग जोड्ने भएको छ ।
निगमले दिल्ली र मलेसिया सातामा एक÷एक उडान गर्ने बताएको छ । यसका लागि सम्बन्धित मुलुकहरूसंग अनुमति प्रक्रियामा रहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
निगमले हाल काठमाडौं–मलेसियामा सातामा पांचवटा उडान गर्छ । त्यस्तै काठमाडौं–दिल्ली सातामा १४ उडान गर्छ ।
गौतमबुद्ध विमानस्थलबाट उडान सुरू गरेपछि निगमले भैरहवा–दिल्ली–काठमाडौं र काठमाडौं–मलेसिया–भैरहवा उडान हुनेछ । हाल भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन् ।
झन्डै एक महिनादेखि जजिरा एयरवेजले उडान बन्द गरेको छ । जजिराले वैशाख ७ गते देखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले बताएको छ ।


पछिल्लो समय जजिराले कुवेत–भैरहवा सातामा तीन उडान गर्दै आइरहेको थियो । तर उडान अवतरणमा समय तालिका नमिलेपछि स्थगन गरेको एयरलाइन्सले बताएको छ ।
एयरलाइन्सका जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवि चन्द्र सिंहका अनुसार समयमै ट्रान्जिट गराउनका लागि एयरलाइन्सले उडान तालिका परिवर्तन गर्दैछ ।
प्राधिकरणका अनुसार जजिराले रातिको साढे १ बजे विमानस्थलमा ल्यान्ड र साढे २ मा कुवेतका लागि उड्ने तालिका मागेको हो । तर रातिको समय उपकरण र कर्मचारी थप चलाउनुपर्ने भएकाले तत्काल सम्भव नरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
हाल विमानस्थलमा दिउंसो आन्तरिक उडान हुन्छ । रात्रीकालीन उडानका लागि भने मासिक ४० लाखभन्दा बढी खर्च हुने देखिएको उनले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित