‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

नेपाल एयरलाइन्स द्वारा जेठ १५ गते देखि गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने तयारी

बुटवल । नेपाल एयरलाइन्स आगामी जेठ १५ (मे २९) बाट गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने तयारी गरेको छ । लामो समयदेखि गृहकार्य गरिरहेको निगमले अब भने भैरहवालाई दिल्ली र मलेसियासंग जोड्ने भएको छ ।
निगमले दिल्ली र मलेसिया सातामा एक÷एक उडान गर्ने बताएको छ । यसका लागि सम्बन्धित मुलुकहरूसंग अनुमति प्रक्रियामा रहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
निगमले हाल काठमाडौं–मलेसियामा सातामा पांचवटा उडान गर्छ । त्यस्तै काठमाडौं–दिल्ली सातामा १४ उडान गर्छ ।
गौतमबुद्ध विमानस्थलबाट उडान सुरू गरेपछि निगमले भैरहवा–दिल्ली–काठमाडौं र काठमाडौं–मलेसिया–भैरहवा उडान हुनेछ । हाल भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन् ।
झन्डै एक महिनादेखि जजिरा एयरवेजले उडान बन्द गरेको छ । जजिराले वैशाख ७ गते देखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले बताएको छ ।


पछिल्लो समय जजिराले कुवेत–भैरहवा सातामा तीन उडान गर्दै आइरहेको थियो । तर उडान अवतरणमा समय तालिका नमिलेपछि स्थगन गरेको एयरलाइन्सले बताएको छ ।
एयरलाइन्सका जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवि चन्द्र सिंहका अनुसार समयमै ट्रान्जिट गराउनका लागि एयरलाइन्सले उडान तालिका परिवर्तन गर्दैछ ।
प्राधिकरणका अनुसार जजिराले रातिको साढे १ बजे विमानस्थलमा ल्यान्ड र साढे २ मा कुवेतका लागि उड्ने तालिका मागेको हो । तर रातिको समय उपकरण र कर्मचारी थप चलाउनुपर्ने भएकाले तत्काल सम्भव नरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
हाल विमानस्थलमा दिउंसो आन्तरिक उडान हुन्छ । रात्रीकालीन उडानका लागि भने मासिक ४० लाखभन्दा बढी खर्च हुने देखिएको उनले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित