प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

भैरहवा विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्न सरकारको बेवास्ता

गएको माघ महिनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा आएका बेला व्यवसायीको एक समूहले भेट गरी नेपाल वायुसेवाबाट उडान भर्न आग्रह गरे । उनीहरुले ज्ञापनपत्र बुझाउँदै विमानस्थललाई पूर्ण क्षमता संचालन गर्न माग गर्दै नियमित उडानका लागि पहल गरे । निजी क्षेत्रको अर्बौं लगानी विमानस्थल पूर्णक्षमतामा नचल्दा डुब्ने जोखिम भएको उनीहरुको चिन्ता थियो । त्यसबेला विमानस्थलमा एउटा पनि अन्तर्राष्ट्रिय उडान थिएन । सातामा तीन उडान गर्दै आएको जजिराले पनि स्थगित गरेको थियो ।

त्यसयता व्यवसायीले पटकपटक आन्दोलन र ज्ञापनपत्र बुझाउँदै सरकारको ध्याकर्षण गरिरहेका छन् । तर, विमास्थल पूर्ण क्षमतामा चल्न सकेको छैन । सिद्धार्थ उद्योग बाणिज्य संघ, उद्योग ब्यापार संघ, सिद्धार्थ होटल संघ, नेपाल टुर्स एण्ड ट्राभल एजेण्ट (नाट्टा) लगायतका दर्जर्नौं व्यवसायिक संघसंस्थाले विमानस्थल पूर्ण क्षमतामा नचलेकोप्रति चिन्ता व्यक्त गर्दै आएका छन् । यो बीचमा पर्यटनमन्त्रीसँगै पर्यटन राज्यमन्त्री, नागरिक उड्डयन प्राधिकरण, काँग्रेस, एमाले, माओवादी लगायतका उच्चका तहका नेताहरुलाई व्यवसायीले ज्ञापन पत्र बुझाउँदै ध्याकर्षण गरेका छन् ।

एक महिना अघि त ४० बढी संस्था विमानस्थलको गेटमा धर्ना नै दिए । विरोध जनाए । सरकारलाई तत्काल नेपाल वायुसेवाबाट सेवा सुरु गर्न आग्रह गरे । तर, कतैबाट सुनुवाई भएको छैन । बुद्धजयन्तीको अवसरमा लुम्बिनी आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सिद्धार्थ उद्योग बाणिज्य संघले दर्जन माग राख्दै विमानस्थल तत्काल पूर्ण क्षमतामा संचालनका लागि ज्ञापन पत्र बुझाएको छ । ‘हामीले विरोध गर्ने, ज्ञापन पत्र दिने जति गरे पनि सरकारले सुनेन’, उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘अब थप कार्यक्रम घोषणा गरेर नै आन्दोलन गर्नुपर्ने स्थिति नआउला भन्न सकिँदैन ।

उद्योग ब्यापार संगठनका अध्यक्ष अनिलकुमार ज्ञवालीले सरकारले पूर्णरुपमा बेवास्ता गरेकाले अब आन्दोलन चर्काउने चेतावनी दिए । विमानस्थल नियमित सञ्चालनको माग गर्दै रूपन्देहीका उद्योगी व्यवसायीले पछिल्ला केही महिनायता निरन्तर दबाबका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उडान नियमित नभएपछि उनीहरूले दबाबका कार्यक्रम सञ्चालन गरिरहेका हुन्् । अहिले कुवेतको जजिरा एयरलायन्सले मात्र उडान भरिरहेको छ । जजिराले पनि दुई साताका लागि भन्दै उडान रोकेपछि यहाँका उद्योगी व्यवसायी चिन्तित बनेका छन् । विमानस्थल लक्षित गरेर जिल्लामा ठूलो लगानी भइसकेको जनाउँदै उनीहरूले पूर्ण क्षमतामा चलाउनु पर्ने माग गरिरहेका हुन् ।
स्थानीय सरोकारवालाले नेपाल एयरलायन्सले यहाँबाट उडान भर्नु पर्नेमा गगरिरहेका छन् । विमानस्थल चलाउन स्थानीय, प्रदेश र संघ सरकारलाई दबाब दिने उनीहरूले जनाएका छन् । जजिरा एयरलाइन्सले अहिले सातामा तीन दिन उडान भरिरहेको छ । जजिराले खाडी मुलुक आउजाउ गर्ने श्रमिकमात्र बोकिरहेको छ । यहाँबाट भारत लगायतका मुलुकमा यात्रा गर्ने धेरै व्यक्ति भए पनि मुलुककै वायुसेवा कम्पनीले उडान नभर्दा विमानस्थल ओझेलमा परेको स्थानीयको दुखेसो छ ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको कम्तीमा एउटा विमान अनिवार्य रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताए । निजी क्षेत्रले आवाज उठाइरहेको सम्बन्धित निकायले नसुनिदिंदा बाह्य पर्यटकका अगाडि मुलुककै लाज भइरहेको उनले बताए । ‘सरकारको ध्यान नै नपुगेकाले समस्या देखिएको हो,’ उनले भने,‘भौतिक पूर्वाधार बनाएर खर्च गर्ने, सञ्चालन गर्न नसक्ने हो भने जनताको पैसाले बनेका सरकारी सबै संरचना यसरी नै खेर जानेछन् ।’

व्यवसायीले दर्जनौंपटक विमास्थल कार्यालयलाई ज्ञापन पत्र दिएका छन् । छलफल गरेका छन् । तर, व्यवसायीको माग सरकारले नसुन्दा सार्थकता पाउन सकेको छैन । एक हिसाबले भन्ने हो भने सरकारले व्यवसायीको माग र विमानस्थल संचालनप्रति पूर्ण बेवास्ता गरिरहेको छ । निजी क्षेत्रले विमानस्थललाई लक्षित गरी अर्बौं लगानी गरेको छ । तर, त्यो लगानी विमानस्थल पूर्ण क्षमतामा नचल्दा बालुवामा पानी हाले सरह भएको छ । व्यवसायीको निरन्तर दवाव पछि सरकारले आउँदो जेठ १७ बाट नेपाल वायुसेवामार्फत् भैरहवाबाट उडान भर्ने जनाएको छ । पर्यटनमन्त्री किराँतीले जेठ १६ बाट उडान हुने भन्दै व्यवसायीलाई ढुक्क हुन आग्रह गरेका छन् । तर, पटकपटक झुक्याइरहेको सरकारले जेठ १६ गते बाट नेपाल वायुसेवा मार्फत् उडान सुरु गर्छ भन्नेमा व्यवसायी ढुक्क भने छैनन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित