रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

लुम्बिनी प्रदेशमा आन्तरिक पर्यटन काज बापत कर्मचारीलाई एक करोड ५२ लाख भुक्तानी

लुम्बिनी प्रदेश 

कुल बेरुजु : तीन अर्ब पाँच करोड ८१ लाख ७५ हजार
०७८/७९ को बेरुजु : एक अर्ब ४९ करोड ८० लाख ८५ हजार

आन्तरिक पर्यटन काजबापत कर्मचारीलाई एक करोड ५२ लाख भुक्तानी 
प्रदेश निजामती सेवा ऐन नबन्दै प्रदेश सरकारले कर्मचारीको आन्तरिक पर्यटन काज कार्यक्रम कार्यविधि बनायो । हरेक कर्मचारीलाई बढीमा १० दिन पर्यटन काज दिई खाइपाइ आएको सुरु तलब स्केल वा पारिश्रमिकले हुन आउने एक महिनाको तलब वा पारिश्रमिक बराबर रकम भ्रमण खर्चबापत कार्यरत निकायबाट भुक्तानी लिन सक्ने व्यवस्था गर्‍यो । त्यसबापत १३ मन्त्रालय र ६ निकायका चार सय ४७ कर्मचारीलाई पर्यटन काज खर्चमा एक करोड ५२ लाख ३७ हजार भुक्तानी भएको छ । ‘निजामती सेवा ऐन र प्रदेश सुशासन ऐनविपरीत देखिएकाले उक्त खर्च नियमसम्मत देखिएन,’ महालेखाले भनेको छ ।

त्रुटिपूर्ण डिजाइनका कारण सिँचाइ आयोजनामा भएको साढे ३९ करोड लगानी व्यर्थ 
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रुपन्देहीले रोहिणी सिँचाइ योजनाअन्तर्गत हेडवर्क, गाइडबन्ड, प्रोटेक्सन निर्माण र नहर संरचनाबापत ३९ करोड ५६ लाख १९ हजार खर्च गर्‍यो । तर, योजना सञ्चालनमा छैन । हेडवर्क र नहर संरचना प्रयोगहीन अवस्थामा रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ । योजनाको डिजाइनमा समस्या रहेकाले योजना सम्पन्न भए पनि सञ्चालन हुन नसकेकाले सञ्चालनका लागि थप अध्ययन र लगानी गर्नुपर्ने जानकारी कार्यालयले दिएको महालेखाले जनाएको छ । ‘त्रुटिपूर्ण डिजाइन, जाँच तथा स्वीकृत गर्ने पदाधिकारी र त्यसमा संलग्न परामर्शदातालाई प्रचलित कानुनबमोजिम कारबाहीको भागीदार बनाइनुपर्दछ,’ महालेखाले भनेको छ ।

सम्झौताभन्दा करिब २७ लाख बढी भुक्तानी 
उपभोक्ता समितिबाट कुनै निर्माण कार्य गराउँदा जनसहभागिताको अंश कट्टा गरेर मात्र भुक्तानी दिनुपर्ने व्यवस्था छ । तर, सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीले विद्यालय भवन निर्माण गराउँदा सम्झौतामा उल्लेख भएबमोजिम पेस गरेको कार्यसम्पन्न र बिल भर्पाईमा उपभोक्ताको अंश नकटाई १८ विद्यालयलाई २६ लाख ७७ हजार बढी भुक्तानी दिएको छ । उक्त रकम असुल गर्न महालेखाले भनेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित