दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुटवलको सिद्धबाबा हस्पिटल छैठौ बर्षमा प्रवेश, ५ बर्षमा १ लाख ३० हजार बढीले लिए ओपिडी सेवा

बुटवलमा विशेषज्ञ सेवा दिदै आएको सिद्घबाबा हस्पिटल प्रालिले आफ्नो छैटो वार्षिकोत्सव ३ दिनसम्म विविध कार्यक्रम गरी मनाउने भएको छ । अस्पताल परिसरमा मंगलबार पत्रकार सम्मेलन गरी वार्षिकोत्सवको अवसरमा मधुमेह निःशुल्क परीक्षण, ६ सय रुपैयाँमा थाईराईड जाँच, ल्याब सेवामा १० प्रतिशत छुट, होलबडीमा ३० प्रतिशत छुट दिने हस्पिटलका अध्यक्ष दिपेश प्रधानले बताए । यस क्षेत्रमै दम, छाती तथा श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ सेवाका कारण पहिचान बनाएको उनले दाबी गरे । यसैगरी मुटु, फोक्सो, मृगौला, दम, युरोसर्जरी, हाडजोर्नी, महिला तथा स्त्रीरोग, नसा तथा बाथ रोग सम्बन्धी विशेषज्ञ सुविधा दिदै आएको उनले बताए । सरकारबाट २४ बेडको मान्यता प्राप्त अस्पतालमा १० वटा आईसियु बेडको सेवा दिंदै आएको उनले बताए ।

कार्यक्रममा अस्पतालका निर्देशक यमन चन्द प्रधानले विशेषज्ञ चिकित्सकीय सेवा न्यून शुल्कमा दिदै आएको बताए । ‘ओपिडि शुल्क २ सय रुपैयाँ रहेको छ’– उनले भने । यसबाहेक सामाजिक उत्तरदायित्वमा समेत अग्रस्थानमा रहेको उनले बताए । यसैगरी ७० वर्षभन्दा माथि, विपन्न, अपाङ्गता भएका बिरामीहरुलाई ओपिडि निःशुल्क सेवा दिदै आएको उनले बताए । समयसापेक्ष अस्पताल साँघुरो भएकाले एक सय बेडको अस्पतालका रुपमा बिस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।

आधुनिक प्रविधिहरु भित्र्याउँदै सेवा बिस्तारमा जोड दिएको उनले बताए । यसैगरी विस्तारित ओपिडि सेवा सुरु गर्ने लक्ष्य रहेको उनले बताए । कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपाने हालसम्म १ लाख बढी बिरामीहरुलाई सेवा दिन सफल भएको बताए । वार्षिक अस्पतालमा २५ हजार बढी बिरामीहरु उपचार गर्दै आएको उनले दाबी गरे । हस्पिटलमा नेपाल सरकारको मान्यता अनुसार निःशुल्क डायलोसिस सेवा समेत दिदै आएको छ । ‘पाँच वटा मेशिनबाट निरन्तर २० जनालाई दैनिक सेवा दिदै आएका छौ’– उनले भने । अस्पतालले गर्ने डायलासिसको खर्च समयमा सरकारबाट प्राप्त नहुँदा आर्थिक समस्या बढेको उनले बताए । ‘सेवाको रिपोर्ट मासिक पेश गरेपनि भुक्तानीमा समस्या छ ।’– उनले भने । यसपटक कात्तिकबाट सरकारबाट झण्डै एक करोड रुपैयाँ रोकिएको उनले बताए ।

लुम्बिनी प्रदेशसहित अन्य १० जिल्लाका बिरामीहरु सेवा लिने गरेका छन् । कार्यक्रममा शेयर सदस्य मुकेश श्रेष्ठले समुदायको स्वस्थ्य सेवा मागलाई सम्बोधन गर्दै आएको बताए । अस्पतालले लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, पाल्पा, प्युठानका विभिन्न पालिकाहरुमा निःशुल्क मृगौला, मधुमेह लगायतका शिविर तथा सचेतनाका कार्यक्रम समेत गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उनले बताए ।
अस्पतालमा ११ जना लगानीकर्ताबाट २० करोड बढी लगानी रहेको छ । अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकहरु, ५ जना मेडिकल अफिसरसहित करिब एक सय चिकित्सक, कर्मचारीहरु कार्यरत छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित